शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘साहो’को कमाइ तीन दिनमा २ सय करोड

‘साहो’को कमाइ तीन दिनमा २ सय करोड

  • मङ्लबार, भदौ २४, २०७६
‘साहो’को कमाइ तीन दिनमा २ सय करोड

मुम्बई : श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। यो भारत लगायत अस्ट्रेलिया, न्युजिल्यान्डलगायत अन्य देशको संकलित रकम हो। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत यसको प्रदर्शन भएको छ।

‘बाहुबली र बाहुबली २’ जस्तो फिल्ममा काम गरेपछि दक्षिण भारतीय अभिनेता प्रभासको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढेको छ। बाहुबलीकै क्रेजले दर्शक साहोमा तानिएका छन्। खासगरी फिल्मको एक्सनलाई रुचाइएको छ। साहो तीन सय ५० करोडको बजेटमा करिब दुई वर्षमा बनेको थियो।

तर फिल्मको कथावस्तु र पटकथा कमजोर भएका कारण ‘साहो’का लागि प्रभासले दुई वर्ष व्यर्थमा समय नष्ट गरेको प्रतिक्रिया पनि छ। भारतका चर्चित समीक्षक तरण आदर्शको प्रतिक्रिया छ, ‘साहो सहनै नसकिने फिल्म हो। प्रतिभा, ठूलो पैसाको बर्बाद भयो। कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन।’

अर्का समीक्षक सुमित कँडेलको झन् कडा टिप्पणी छ। उनी लेख्छन्, ‘साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक फिल्म हो। यसका धेरै कलाकारको खराब अभिनय, नवुझिने कथा, निकै नै खराब पटकथा, खराब निर्देशन र खराब गीतसंगीत कारण निराशानजक बनेको छ।’ समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले उत्साहजनक व्यापार गर्ने लक्षण देखाएको छ।

चर्चामा

सम्बन्धित समाचार