• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका २ र ३ मा भाईरल

बुढिगंगा नगरपालिका २ र ३ मा भाईरल

रोकथामा लागी युवाले गरे गाउमै शिबीर

  • सोमवार, भदौ २३, २०७६
बुढिगंगा नगरपालिका २ र ३ मा भाईरल

बडिमालिका समाचार
बाजुरा २३ भदौ । बुढिगंगा नगरपालिका २ र ३ मा रुघा,खोकी ज्वरोको तथा भाईरालको प्रकोप देखीएको छ । भाईरलले थलित स्वास्थ्य संथ्था जान नसक्ने बृद्धबृद्धा,बालबालिका तथा अन्य बिरामीहरुको उपचारमा सहजताको लागी ताँप्राका युवाहरुको पहलमा गाउमै शिवीर संचालन गरेको युवा राकेश थापाले बताए ।

गाउमा भाईलको प्रकोप धेरै बढेको छ, दैनीक बृद्धबद्धालाई बोकेर स्वास्थ्य सस्था लैजानु भन्दा गाउमै शिबीर गर्न संचालनको लागी ताँप्रा आधारभूत स्वास्थ्य ईकाईसग समन्वय गरेको थापाले बताए । गाउका युवाहरु राकेश थापा, कर्ण थापा, सर्कल थापाको अगुवाईमा र ताँप्रा स्वास्थय ईकाईको प्राविधिक सहयोगमा शिबीर संचालन गरिएको स्वास्थ्य इकाई इन्चार्ज आशा थापाले जानकारी दिईन । आज बिहान ६ बजेबाट संचालन भएको शिवीरबाट तीनसय जनालाई सेवा दिईसकेको थापाले बताईन ।


मौसम परिवर्तन दुषित खाने पानि र फोहोर मैलाकोका कारण गाउमा भाईरल अत्यधिक बढेको छ । स्वास्थ्य संस्थापमा पनि दैनीक ५० जान भन्दा बढी भाईरलका बिरामी आउने गरेको थापाले बताईन । भाईरलबाट बच्न पानि फिल्टर वा उमालेर खानु घर आगन बाताबरण सफा राख्नु र मौसम अनुकुलको लुगा लगाउनु स्वास्थ्यकर्मीहरुले आग्र समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार