शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • छुट्टीमा बोल्ड शमा

छुट्टीमा बोल्ड शमा

  • सोमवार, भदौ २३, २०७६
छुट्टीमा बोल्ड शमा

मुम्बई : अभिनेत्री शमा सिकन्दर आफ्ना हट अदाका कारण सोसल मिडियामा हरपल छाइरहेकी हुन्छिन्। शमाका हट र बोल्ड तस्बिर उनका फ्यानले निकै मन पराएका छन्। उनी अहिले युरोपको सहर क्रोएसियामा छुट्टी मनाइरहेकी छन्। हालै उनले आफ्ना केही बोल्ड तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छन्।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्। यो हट तस्बिरको क्याप्सनमा उनले अनफूले जीवन ‘इन्ज्वाई’ गरिरहेको उल्लेख गरेकी छन्।

शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ। तर शमाले लगातार आफ्ना बोल्ड तस्बिर सेयर गर्न भने छोडेकी छैनन्। शमा २००३ मा सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी हुन्। यसपछि उनले अर्को सिरियल ‘बालवीर’मा परीको भूमिका निर्वाह गरिन्। अहिले उनी वेब सिरिज र सर्ट फिल्ममा काम गरिरहेकी छन्। शमा विक्रम भट्टको वेब सिरिज ‘माया’मा पनि देखिएकी छन्।

चर्चामा

सम्बन्धित समाचार