• होमपेज
  • बाजुरा बिशेष
  • स्याउ केजीको १५ रुपैया, बारिमा प्रति दाना एक रुपैया

स्याउ केजीको १५ रुपैया, बारिमा प्रति दाना एक रुपैया

बजार सम्म अनुदानमा ढुवानी हुदै

  • बिहिबार, भदौ १९, २०७६
स्याउ केजीको १५ रुपैया, बारिमा प्रति दाना एक रुपैया

बाजुराको सदरमुकाम मार्तडीमा स्याउ प्रतिकेजी १ सय ४० भन्दा बढि मुल्य छ । तर गाँउमा भने प्रतिकेजी १५ रुपैयामा रहेको छ । जिल्लामै स्याउ भण्डारका रुपमा मानिने स्वामिकार्तिक गाँउपालिकाले भने एक केजीको १५ रुपैया मुल्य निधारण गरेको छ ।
स्याउ टन्न फलेको छ, बजार टाढा छ, बारिमा कुहिने अबस्था छ, बारिमा एक रुपैयाको एकदाना दिने गरेका छौ, त्यहि पनि बिक्रि नहुने गरेको स्थानिय शिक्षक गोबिन्द्र बहादुर शाहिले वताएका छन् । यातायातको साधान छैनन्, बोकेरै कोल्टि, पिलिचौर पुयाउने परेको उनले वताए । बिक्रि नभएर सड्ने अबस्थामा छ, गाई भैसीलाई खुवाउने गरेको शाहिले वताए । गाँउपालिकाले प्रतिकेजी १५ निर्धारण गरेको छ, प्रति दाना एक रुपैयामा त बिक्रि हुदैन्, १५ त अझ महँगो रहेको किसान बताँउछन् ।
जुकोटमा मात्र २ सय भन्दा बढि परिवारले स्याउ लगाएका छन्, तर बजार नपाँउदा खेर जान गरेका छन् । गाँउपालिकाले पनि एक बर्षमा फल्ने स्याउ लगाएको तर बजार पाँउन मुश्किल भएको गाँउपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । बजार सम्म स्याउ पुयाउनका लागि गाँउपालिकाले कृषि ज्ञान केन्द्रमा समन्वय गरिरहेको वताए ।
जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा बृद्धि भएको छ । स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, कोल्टि, जुकोट, जगग्ननाथ, कोटिला, जगन्नाथ लगायतका ठाँउमा राम्रो सँग फलेका छन् । जसरी स्याउ फलेपनि त्यसरी बजार भने पाउन नसकेको किसानहरुले दुखेसो पोखेका छन् । स्याउकै हागाँ भाच्चिने गरी फल लागेको जुकोटका उत्तम शाहिले बताएका छन् । उनले भने ‘जसरी स्याउ उत्पादन भए त्यसरी बिक्रि नहुने गरेको दुखेसो पोखेका छन् । बारीमा प्रति दाना एक रुपैयाका दरले बिक्रि गर्दा पनि खासै बिक्रि हुदैनन्, कोल्टि लग्यो भने अलिअलि बिक्रि हुन्छ नत्र भने खासै बिक्रि नहुने गरेको शाहिलको भनाई रहेको छ’ ।
किसानहरुका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६ सय कुन्टल ढुवानी अनुदानका लागि सुचना प्रकाशित गरेको छ । बारि बाट बजार सम्म ढुवानी गराईदिने, बिक्रि किसानले आफै गर्ने गरि स्याउ ढुवानी हुन लागेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिन प्रसाद जैशिले वताएका छन् । जगन्नाथ देखी पिलिचौर र जुकोट बाट पिलिचौर सम्म प्रतिकेजी १८ रुपैया ७५ पैशा निर्धारण गरेको छ । त्यस्तै कोल्टि देखि मार्तडी १८ रुपैया ९० पैशा र पाण्डुसेन देखी मार्तडी सम्म १३ रुपैया ५० पैशा निर्धारण गरेको छ ।
कोल्टिमा लिन एक दिन भन्दा बढि समय लाग्छ, त्यहाँ पनि बिक्रि हुदैन् अन्यत्र लिन कुनै यातायातको साधन छैन स्याउ फलेर मात्र के गर्ने किसान नर बहादुर कडारले बताए” । त्यति मात्र नभएर स्याउ बिक्रि नभएर स्थानिय घरेलु मदिरा उत्पादनमा प्रयोग हुदै आएको छ । अर्को गाई बस्तुलाई खुवाएपनि नखाने गरेको उनले वताए ।
कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको वताएको छ । बाजुरामा मात्र १ हजार ५० मेट्रिन उत्वादन हुने ृषि प्रसार अधिकृत मिन प्रसाद जैशिले वताए । यो बर्ष जिल्लामा स्याउ उत्पादनमा बृद्धि भएको कार्यलयले जनाएको छ । यो क्षेत्र खाद्यन्न संकट हुने अन्र्तगत पर्दछ । बर्षभरी काम गरेर खेत बाट तिन महिना पनि खान पुग्दैन बाँकी समय भने खाद्यन्नको भर पर्नु पर्ने बाध्यता रहेको छ । जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी संघ संस्थाले त्यस क्षेत्रमा स्याउ खेतीमा केन्द्रित भएपनि बजार नहुँदा किसानहरुका मर्कामा परदै आएका छन् । गाँउ सम्म सडकको पहुँच नभएकाले बजार पाउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार