बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एकै दिन १० जना जड्याहालाइ नियन्त्रणमा

एकै दिन १० जना जड्याहालाइ नियन्त्रणमा

  • मङ्लबार, भदौ १७, २०७६
एकै दिन १० जना जड्याहालाइ नियन्त्रणमा
फाइल तस्बिर

बाजुरा १७ भदौ
बाजुरा जिल्लाको सदरमुकाम लगायत बिभिन्न ठाउँबाट एकै दिन १० जना जड्याहा प्रकाउ परेका छन् । तिजको अवसर पारी बिभिन्न ठाउँमा अत्याधिक मदिरा सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला सदरमुकाम मार्तडीमा महिलाहरुले तिज खेलीरहेको ठाउँमा मदिरा पिएर होहल्ला गरीरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको घुम्ती टोलीले ६ जना जड्याहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । त्यसै गरी डोगडी प्रहरी चौकी छेडदह गाउँपालिकामा ३ जना र इलाका प्रहरी कोल्टी चौकीबाट खटिएको प्रहरीको टोलीले १ जना गरी १० जना जड्याहा लाई नियन्त्रणमा लिएको प्रमुख भाटले बताएका छन् ।
समातीएका सबै जिल्ला प्रशासन कार्यालयमा सामान्य जरिवानापछी छुट्ने र यसपछी मदिरा खाएको फेला परेमा कडा कार्बाही गरीने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । महिलाहरुले तिजको रमाइलो गरिरहेको बेला कार्यक्रममा अत्याधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार