मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पानि चुहिने कोठामा बिरामीको उपचार

पानि चुहिने कोठामा बिरामीको उपचार

एउटै काेठामा सबै खाले बिरामी

  • सोमवार, भदौ १६, २०७६
पानि चुहिने कोठामा बिरामीको उपचार

प्रकाश सिंह
जिल्ला अस्पताल बाजुरामा बिरामीको उपाचार पानि चुहिने कोठामा भइरहेको छ । पुरानो भवन भत्काएर नयाँ भवन निर्माण भएपछि रेडक्रसको पुरानो पानि चुहिने घरमा बिरामीको उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. रोहित गिरीले वताएका छन् ।
पुरानो १५ शैयाको अस्पताल भत्काएर ५० शैयाको अस्पताल निर्माण कार्य शुरु गरेको छ । पुरानो भवन भत्काएपछि अर्को घरमा बिरामीको उपचारका लागि सर्नुपर्ने, घर नपाएर रेडक्रसको पुरानो घरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अर्को अस्पताल सञ्चालनका लागि कोठा अपुग भएर बिरामीलाई उपचार गर्नमा निकै समस्या भएको छ ।
एकातिर भवन चुहिने, अर्को तिर कोठा नहुदा भर्ना हुनुपर्ने बिरामीलाई घरमा पठाउने गरेको अस्पतालमा कार्यरत एमडिजिपि डा. दुर्गा मर्हजनले वताए । बिरामी घरमा भर्ना गरेका छौ, उपचार गर्नमा मात्र अस्पताल आउने गरेको मर्हजनले वताए । “कोठा अभाबमा सुत्केरी त्यहि कोठामा, टिभि लागेका त्यहि कोठामा अन्य सरुवा रोग भएका बिरामी पनि त्यहि एउटै ठाँउमा राख्ने गरेको महर्जन बताए” । नवजात शिशुले अस्पताल बाट सरुवा रोग लिएर घर जाने सम्भाबना बढेको स्वास्थ्यकर्मीले वताए ।
पानि परेको दिनमा छाता, पलाष्टिले छोपेर बिरामीको उपचार गर्नु परेको अनमि कल्पना उखेडाले वताईन् । बिरामी भर्ना गर्ने रेडक्रसको भवन हो, त्यो पानि परेको दिनमा पुरै चुहिने भएकाले बिरामीको उपचारमा समस्या भएको उनले वताईन् । अर्को कोठा ब्यबस्थापन नहुदा थोरै कोठामा धेरै उपचार सेवा दिदै आएका छन् । बिरामीको चाप बढ्यो भने खुला चौरमा बिरामीको उपचार गर्नु भन्दा अरु बिकल्प नभएको स्वास्थ्यकर्मीले वताएका छन् ।
हरेक दिन जिल्ला अस्पतालमा १ सय २० देखी १ सय ५० जना भन्दा बढि बिरामी आउने गरेको जिल्ला अस्पताल बाजुराको तथ्याङक रहेको छ । बिरामीलाई समयमै उपचार गर्न सकेका छैनौ सुचना अधिकारी कुल रावलले वताए । पुरानो भवन भत्काएर नयाँ निर्माण हुदै छ, पुरानो थोत्रा भवनमा उपचार भइरहेको उनले वताए ।
जिल्ला अस्पतालमा अहिले बिरामीको चाप पनि निकै बढेको अस्पतालले जनाएको छ । उपचार गर्न आउने बिरामी मध्य ४५ प्रतिशत बिरामी झडापखाला आउँ टाइफाइडको संक्रमण देखीने गरेको का सुचना अधिकारी कुल बहादुर रावलले बताए । आफन्तको उपचारको लागि जिल्ला अस्पताल बाजुरामा पुगेका काशि नेपालीले भने बिरामी भर्ना वाडमा पानि परेको दिनमा भित्रै छाता ओढनु पर्ने रहेको वताए ।
अस्पतालमा बढी जसो महिला, बालबालिका र बृद्ध बृद्धाहरु आउने गरेको डाक्टरहरुले बताउने गरेका छन् । अस्पतालको कोठा ब्यबस्थापन हुन नहुँदा समस्या भएको छ । अस्पताललाई घर आबश्यक रहेको सुचना सार्वज्निक गरिसकेको छ, घर खोजेर केही दिनमा ब्यबस्थापन हुने डा. रोहित गिरिले वताए ।
नयाँ अस्पताल निर्माणको जिम्मा डाँफे लोहनी, पिएस कम्पनीले पाएको छ । कम्पनीले २०७५ बैशाख ५ गते सम्झौता गरेको थियो । २०७८ बैशाख ५ गते सम्पन्न गर्ने गरि २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रकममा ठेक्का पाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार