शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • छतबाट हाम फालेर गरिन् नायिकाले आत्मह’त्या, यस्तो छ कारण

छतबाट हाम फालेर गरिन् नायिकाले आत्मह’त्या, यस्तो छ कारण

  • सोमवार, भदौ १६, २०७६
छतबाट हाम फालेर गरिन् नायिकाले आत्मह’त्या, यस्तो छ कारण

भदौ १४,एजेन्सी । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् ।
यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि । पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्मह’त्या गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ । पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् ।
ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् ।
उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्मह’त्याको बाटो रोजेको पनि बताइन्छ ।
पर्ल जुन अपार्टमेन्टमा बस्थिन् त्यहाँका गार्डले घटनाबारे जानकारी दिएका हुन् । उनका अनुसार घटना करिब सवा १२ देखि साढे १२ को बीच भएको थियो । केही खसेको आवाज आएपछि आफूहरु कुदेर उनी भएठाउँ पुगेको उनले बताए ।
उनका अनुसार हाम फालेपछि उनको स्थिती निकै खराब थियो र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार