शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाज
  • अष्ट्रेलिया जाने रहर पुरा गर्न भाईसँगै विवाह !

अष्ट्रेलिया जाने रहर पुरा गर्न भाईसँगै विवाह !

  • सोमवार, भदौ १६, २०७६
अष्ट्रेलिया जाने रहर पुरा गर्न भाईसँगै विवाह !

काठमाडौँ– नेपालमा हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ ।

तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार