शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सेती अस्पतालमा डायलासिसका लागि नाम दर्ता गरेका मध्ये ७५ बढिको मृत्यु

सेती अस्पतालमा डायलासिसका लागि नाम दर्ता गरेका मध्ये ७५ बढिको मृत्यु

  • आइतवार, भदौ १५, २०७६
सेती अस्पतालमा डायलासिसका लागि नाम दर्ता गरेका मध्ये ७५ बढिको मृत्यु

सेती अस्पतालमा डायलासिस गराउनका लागि नाम दर्ता गरेका अधिकासं विरामी सेवा प्रभावकारी नभएपछि सम्पर्क बिहिन भएका छन्। अहिले सेतीमा ४७ जनाले मात्रै डायलासिस सेवा पाईरहेकोले झण्डै दुई सय जनासंग भने सम्पर्क हुन नसकेको हो।

दुई बर्ष अगाडी मात्रै सेती अस्पतालमा डायलासिसका लागि दुई सय ५० जना विरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रुपमा ४७ जनाले मात्रै सेवा पाईरहेका छन्। अहिले पालो कुर्नेको सङख्या पनि ५ जना मात्रै भएको सेती अस्पतालमा डायलासिस सेवा सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालीले जनाएको छ।

सेती अस्पतालले बुझाएको सुचीलाई नै आधार मानेर सम्पर्क गर्दा धेरै कमलाई मात्र सम्पर्क हुन सकेको प्रालीले जनाएको छ। डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले तीन सिफ्टमा ५ वटा मेसिनबाट सेवा प्रवाह भईरहेको र अहिले पालो कुरेर बस्नेको सङख्या पनि धेरै कम रहेको बताए।

डायलासिसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका दुई सय ५० मध्ये ७५ जना भन्दा बढिले पालो नपाउँदै ज्यान गुमाएको अस्पताल श्रोतले जनाएको छ। झण्डै एक सय ३० जना विरामी भने सुदूरपश्चिम बाहिर गएर डायलासिस गराईरहेका छन्।

सेती अस्पतालमा विगतमा अस्पताल आँफैले सञ्चालन गरेपनि २०७४ को चैतदेखि भने नीजि क्षेत्रले सञ्चालन गर्दै आएको छ। सुदूरपश्चिममा सहरीकरण र जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले दीर्घकालीन रूपमा मृगौला फेल हुने समस्या बढ्दो छ।

तर मृगौलाको स्थिति जान्नका लागि विशेषज्ञ डाक्टर नै नहुँदा समस्या भने भईरहेको छ। डायलासिस गराउन अगाडीका सबै उपचारहरु सुदूरपश्चिमभरी कुनै पनि अस्पतालमा सम्भव नभएकाले पनि विरामीहरु डायलासिसका लागि परनिर्भर हुनुपर्ने अवस्था आएको छ।

अस्तालसंगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसीनहरु थप गर्ने उल्लेख गरिएको थियो। ‘अहिले ५ वटा मेसीनमात्रै सञ्चालनमा रहेका छन्,’ सेती अस्पतालको डायलासिस वार्डकी ईन्चार्ज विना चौधरीले भनिन्, ‘अन्य मेसिन विग्रिएका छन्, केही समयमै मर्मत गरिनेछ।’

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार