मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा जिप दुर्घटना, दुईजनाको मृत्यु

अछाममा जिप दुर्घटना, दुईजनाको मृत्यु

  • शुक्रबार, भदौ १३, २०७६
अछाममा जिप दुर्घटना, दुईजनाको मृत्यु
फाइल तस्वीर

अछाम, भदौ १३ । अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। अछामको साफेबगरबाट मेल्लेखगाउपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जिप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मेल्लेख गाउाँपालिका–७ नन्देगडा चित्रवडाका कौशी साउँद सोही ठाउँका किथ्थी साउँद रहेको मेल्लेखगाउ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरबहादुर साउँदले जानकारी दिए ।

साफेवाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्बरको दुर्घटना हुँदा अन्य ५ जना घाइते भएक छन् । के कारणले दुर्घटना भयो भन्नेवारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार