मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाचार
  • दशैका लागि नयाँ नोट २० दिन अगाडी नै साट्न पाइने

दशैका लागि नयाँ नोट २० दिन अगाडी नै साट्न पाइने

  • बिहिबार, भदौ १२, २०७६
दशैका लागि नयाँ नोट २० दिन अगाडी नै साट्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले यसपटकको दशैका लागि २० दिन अगाडी नै नयाँ नोट बाँड्ने गरि तयारी थालेको छ । यसबर्ष झण्डै १३ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने तयारी भएको भएपनि कतिसम्म नयाँ नोट दिने र कति सम्म सटही गर्ने भन्ने निर्णय हुन बाँकी रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

कुन–कुन स्थानबाट सटही सुविधा दिने भन्ने विषयमा पनि छलफल पछि निर्णय गरिने निरौलाले जानकारी दिए । दशैं र तिहारका लागि मात्र लक्षित गरेर नयाँ नोट सटही गर्दै आएको राष्ट्र बैंकले गत वर्षदेखि मूख्य–मूख्य पर्वमा पनि सटही सुविधा दिन थालेको छ । यसपटक पनि सो सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ

चर्चामा

सम्बन्धित समाचार