बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङमा अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङमा अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

  • मङ्लबार, भदौ १०, २०७६
बझाङमा अत्याधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङ–अत्याधिक रक्तश्राव भएकी केदार स्यूँ गाँउपालिका वडा नम्बर ७ की २९ बर्षीय ज्ञानादेवी धामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला अस्पताल बझाङमा भर्ना भएकी सुत्केरी धामीको अत्याधिक रक्तश्राव हुन थालेपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको पहलमा हेलिकप्टर बाट उद्धार गर्दै उनलाई उपचारका लागि कोहलपुर लगिएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सिम्रीक एयरको हेलिकप्टर मार्फत धामीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए। जिल्ला अस्पताल बझाङमा सफल शल्यक्रियापछि उनले छोरी पाएकी थिईन्।

जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले शल्यक्रियापछि उनलाई चार पिन्ट रगत दिएपनि रक्तश्राव नरोकिएपछि रेफर गरिएको बताए।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार