मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै फर्किएनन्

सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै फर्किएनन्

  • मङ्लबार, भदौ १०, २०७६
सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै फर्किएनन्

विशाल पाण्डेय / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -४ सिमथरीका ४५ वर्षिय कल्लाने रोकाया रोजगारीको सिलसिलामा गत साउन १७ गते भारत गएका थिए । उनी काम गर्ने ठाउँमा पुगेपछि म पुगेर काममा लागे भनेर घरमा खबर दिए । काम गर्ने ठाउँमा पुगि अब केही पैसा कमाएर ल्याउनु हुन्छ र मिठो खान र राम्रो लगाउन पाइन्छ भनेर घरपरिवारमा श्रीमती र छोराछोरी खुशी भए । तर, त्यो खुशी धेरै दिन टिक्न सकेन । पुगेको २ दिनपछि घरमा पुनः खबर आयो कल्लाने रोकायाको मृत्यु भयो भनेर । यो सुन्ने बित्तिकै ३८ वर्षिय श्रीमती जौमती रोकायाको होस् उड्यो । उनिसंगै रहेका साना बालबालिकाहरु पनि रुन कराउन थाले । कल्लानेको मृत्यु भएसंग्गै उनको परिवार बिचल्लीमा परेको छ ।

आर्थिक स्थिति कमजोर रहेको उनको ५ जना छोराछोरी छन् । “श्रीमान बित्नु भयो ५ जना छोराछोरी छन् , घरको अवस्था यस्तो छ , कमाउने मान्छे कोहि छैनन् अब कसरि यिनिहरुको लालन पालन गरौ जौमतीले गहभरी आँसु झार्द भनिन् ।” “बस्नको नाममा यै एउटा घर छ त्यो पनि बर्खामा चुहिन्छ ।” ,उनले थपिन ।

आफ्नो खुट्टामा घाउ भएर सुनिने हुँदा आफू घर भित्र बाहिर गर्दा पनि घिस्रेर हिड्न पर्ने अवस्था आएको जौमतिले बताइन् । आर्थिक अवस्था कमजोर भएको कारण उनले उपचार गर्न नपाउदा खुट्टापनि सुक्दै गएको छ । केही बर्ष पहिला मानसिक रोगको सिकार भएर जौमती सडकमा भौतारिएर हिड्ने गर्थिन र अहिले केही रुपमा सन्चो भएर घरमै बसोबास गर्दै आइरहेको स्थानीयले बताएका छन् ।

उनको दुई छोरी र तीन छोरा छन् । छोरी क्रमश: १६ र ४ बर्षका छन् भने छोराहरु क्रमशः १४,११ बर्ष र डेढ महिनाको छन् । उनिहरु जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत छन् । आमालाई करिब १ बर्ष देखि खुट्टामा समस्या आएपछि आफैले घरको सबैकाम सकेर स्कुल जानुपर्ने बाध्यता रहेको जेठी छोरी कल्पनाले सुनाइन् । उनले घरको काम गर्दा र आमाको स्याहार गर्दा कहिलेकाही त विद्यालय नै जान नपाउने गुनासो गरिन । “साना साना भाइ बहिनी छन् , उनीहरुको स्याहार गर्नुपर्छ , आमा हिड्न सक्नु हुन्न । घरमा कमाउने कोहि हुनुहुन्न , हाम्रो आर्थिक स्थिति एकदमै कमजोर छ” उनले आँसु झार्दै भनिन् । कमाउने बाबाको मुत्यु भएपछि घर परिवारमा साझँ बिहान खान र लगाउन निकै समस्या भएको बताउदै छोरी कल्पनाले आफुहरुलाई सहयोग गर्न समेत आग्रह गरिन ।

आर्थिक रकम सहयोग

गत साउन १७ गते भारतमा आफ्नो श्रीमानको मृत्युको पिडा र खुट्टामा घाउ दुखेको पिडा जौमतीलाई सहन नसकिने छ । आर्थिक अवस्था कमजोर भएको जौमतीलाई थोरै भएपनी आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई सोमबार घोडाघोडी नगरपालिका- १ लोहरपुरका खेमराज जोशी , घोडाघोडीका दिपक शाह ,राधा पाण्डे र घोडाघोडी नगरपालिका -४ का प्रकाश विनाडीले केही आर्थिक रकम सहयोग गरेका छन् ।

यता घोडाघोडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर बुढाले तत्काल वडा कमिटिको बैठक बसाएर राहतको पहल गर्ने र नगरकार्यपालिको बैठकमा सो कुरा उठाउने बताए । जौमति रोकायाको अहिलेसम्म नागरीकता नहुदा नागरिकता बनाउनको लागी आफुले पहल गरीरहेको वडाध्यक्ष बुढाले बताए । सहयोगका लागि निम्न नम्बरमा फोन गर्नुहोला ।

घोडाघोडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर बुढा सम्पर्क नम्बर ९८१८६१८१७२ र
स्थानीय राधा पाण्डे ९८४८५५८९१० हिमालपाेष्टबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार