• होमपेज
  • बडिमालिका
  • लिखित सहमति पछि पीडितले बुझे सुत्केरी महिलाको लास

लिखित सहमति पछि पीडितले बुझे सुत्केरी महिलाको लास

  • सोमवार, भदौ ९, २०७६
लिखित सहमति पछि पीडितले बुझे सुत्केरी महिलाको लास
बाजुरा जिल्ला अस्पताल

बडिमालिका समाचार
बाजुरा ९ भदौ । बाजुरा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलाको लास लिखित सहमति पछि आफन्तले बुझेका छन । शुक्रबार राति सुत्केरी हुन आएकी बडिमालिका नगरपालिका ७ की २१ बर्षिया बसन्ती नेपालीको सनीबार उपचारको क्रममा मृत्यू भएको थियो ।
मृतक महिलाका आफन्तले उपचारमा स्वास्थयकर्मीहरुको लापरबाहिले मृत्यु भएको भन्दै दुई दिनसम्मा लास बुझेका थिएनन् । हिजो प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पीडित परिवारका आफन्त र अत्य सरोकारवालाहरुले लिखित सहमति पछि पिडित परिवारले लास बुझेर आज अत्यष्टि गरिने बताएका छन् । लिखित सहमतिमा नहुनु पर्ने घटना भयो घटना प्रति समबेदना ब्यक्त गर्दै यो पछिका दिनहरुमा घटना हुन नदिन जिल्ला अस्पता सम्बेदनसिल हुने लेखिएको बताईए छ ।
अत्यधिक रक्तश्रापका कारण पाठेघर र सालको बिचमा रगत बगेको थियो, बच्चा जन्मीदा निस्कने पनि मुटु र फोक्सो र रगतमा मिसिएपछि स्वास फेर्ने नलिनै बन्द भएकोले मृत्यू महिलाको मृत्यु भएको जिल्ला अरुपताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनले बताए ।
स्वास्थ्यकर्मीले साउन २६ गते देखी २ गतेसम्म सुत्केरी हुने मिति तोेकेको र दुई गते जिल्ला अस्पताल आएर वाडमा भर्ना हुनु पठाएको र वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
शुक्रबार साझ भर्ना गरेर सुत्केरी बेथा नलाए पछि सनीबार विहान बेथा लगाउने औषधिको प्रयोगले बेथा लगेको थियो । बेथा लागेपनि बिचमै रोकीय पछि भ्याकुम डेलिभरी गराएर मृत शिशु जन्माएको थियो । शिशु जन्मेको एक घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासी स्वास्थ्यमा समस्य आएर मृत्यू भएको निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए ।
सुत्केरी महिलासंग छ प्वाईन्ट रगत थियो । दुई वाईन्टको लागी महिलाका आफन्तलाई खवर गरेको थियो । मृतक महिलाका श्रीमान रोजगारीको शिलशिलामा कुबेत छन् । भने पाच वर्षका छोरा विचल्लीमा परेका छन् । बाजुरा जिल्ला अस्पतालमा सुत्केरी मरेको यो पहिलो घटना हो ।

चर्चामा

सम्बन्धित समाचार