शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • सुनको मूल्यले बनायो फेरि रेकर्ड

सुनको मूल्यले बनायो फेरि रेकर्ड

  • आइतवार, भदौ ८, २०७६
सुनको मूल्यले बनायो फेरि रेकर्ड

सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो ।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार