शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • चट्याङ्ग लागेर बालिकाको मृत्यु

चट्याङ्ग लागेर बालिकाको मृत्यु

  • शनिबार, भदौ ७, २०७६
चट्याङ्ग लागेर बालिकाको मृत्यु

बडिमालिका समाचार
बाजुरा ७ भदौ ः बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी २ वर्षिया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताएका छन् ।  लाल सार्कीको घरमा परेको चट्याङ्गको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाई रहेको छ ।

मृतक बालिकाकी आमा दिला सार्कीको पनि अचेत अवस्थामा रहेको सार्कीले बताए । बर्बराउने दात बाध्ने गरेको बताईएको छ उपचारको लागी कतै नलगिएको बताएको छ । मृतक बालिकाका बुबा भने नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।
राति १ बजे परेको चट्याङ्गले स्थानीय लालबहादुर सार्कीको घरमा क्षती पुगेको छ । क्षतीको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार