शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • एक बर्ष सम्म पनि भेटिएन्न हराइएका पत्रकार खड्का

एक बर्ष सम्म पनि भेटिएन्न हराइएका पत्रकार खड्का

बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा २०७५ भदौ १० गतेदेखि बेपत्ता छन्

  • शुक्रबार, भदौ ६, २०७६
एक बर्ष सम्म पनि भेटिएन्न हराइएका पत्रकार खड्का

प्रकाश सिंह
बुढिन्नदामा हराइएका पत्रकार तेज बहादुर खड्का १ बर्ष बिति सक्दा सम्म पनि भेटिएका छैनन् । बाजुराको प्रसिद्ध धार्मिक स्थल बुढीनन्दाबाट जनै पूर्णिमाको मेला भरेर फर्किने क्रममा सम्पर्कबिहिन भएका पत्रकार तेजबहादुर खड्काको अवस्था अझै अज्ञात छ । उनी धार्मिक स्थल बुढीनन्दाबाट कोल्टी फर्किने क्रममा २०७५ भदौ १० गतेदेखि बेपत्ता छन् ।
सरकारले सम्पर्कबिहिन भएका पत्रकार खड्काको खोजीका लागि तत्काल सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाए पनि भेटाउन सकेनन् । सरकारले त्यो बेला निकै खोजी कार्य गरेपनि भेटाउन सकेको थिएन्, । । केही समय पछि खोजिमा हेल्किप्टर पनि प्रयोग गरिएको थियो ।
अहिले भने उनको खोजि कार्यको लागि कतै बाट पनि चासो नदेखिएको प्रेश युनियन केन्द्रिय सदस्य दयाराम पण्डितले वताएका छन् धार्मिक स्थल बुढीनन्दा समुद्री सतहबाट झण्डै ४५ सय मिटरको उचाइमा रहेको छ । पत्रकार खड्का ४१ सय मिटरको उचाइ क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रबाट सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । ‘‘तेजु हराएको करिब ४१ सय मिटर उचाइमा हो ।
रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका थिए । तत्काल पत्रकार खड्का बाजुराको कोल्टीस्थित रेडियो बुढीनन्दामा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत थिए । बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केका थिए । त्यो बेला पत्रकार महासंघले महासचिव रमेश विष्टको संयोजकत्व मिसन टोली गठन गरेको थियो । मिसन टोलीमा प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, महासंघका केन्द्रीय सदस्यत्रय मीन बम, श्याम भट्ट र उत्तर विष्ट तथा महासंघको ७ नम्बर प्रदेशका अध्यक्ष अर्जुन शाह र बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंह सदस्य रहेका थिए ।
त्यस्तै प्रेस यूनियनले पत्रकार खड्काको खोजी तथा उद्धारका लागि अध्यक्ष सिग्देलको संयोजकत्वमा छुट्टै मिसन टोली गठन गरेको थियो । पत्रकार खड्काको खोजी तथा उद्धारमा भइरहेको प्रयासमा थप समन्वय र सहयोग पुर्याउन सचिवालयको वैठकले अध्यक्ष सिग्देलको नेतृत्वमा केन्द्रीय सदस्यद्वय जगत साउद र दयाराम पण्डित, प्रेस यूनियन वाजुरा शाखाका तत्कालिन अध्यक्ष छक्क मल्ल र डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर सदस्य रहेको ५ सदस्यीय मिसन टोली गठन गरेको थियो । उहाको खोजिका लागि धेरै मिसन गठन भएनी अहिले सम्म अत्तोपत्तो नै रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार