शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बडिमालिका
  • समितिमा नबस्ने भन्दै पाँच वडा अध्यक्षले दिए राजिनामा

समितिमा नबस्ने भन्दै पाँच वडा अध्यक्षले दिए राजिनामा

  • बिहिबार, भदौ ५, २०७६
समितिमा नबस्ने भन्दै पाँच वडा अध्यक्षले दिए राजिनामा

बिभिन्न समितिमा एकलौटि निर्णय गरेको भन्दै बडीमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । नेकपा समर्थक ५ जना अध्यक्षले काग्रेस समर्थक जनप्रतिनिधिले सहमति भन्दा पनि एकलौटी निर्णय गर्दै आएको भन्दै कुनै पनि समितिमा नबस्ने गरि राजिनामा दिएको हुन् ।
विकास समितिका सदस्य नरहने गरि नेकपाबाट जितेका पाँच जना वडा अध्यक्षले राजीनामा पेश गरेको ७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । समिति गठन देखि अरु निर्णय एकलौटी रुपमा गर्ने गरि फरक संगठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य–धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य विरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामुहीक राजीनामा पेश गरेका हुन् । स्थानीय तहको विधी विपरित नगर प्रमुख उपप्रमुख सहीतले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।
नगरपालिका नगर प्रमुख पदम बढुवालले भने समितिमा नबस्ने गरि राजिनामा आएको छ । उहाँहरुलाइ समेटर छलफल गर्ने बढुवालले वताएका छन्, उनले उहाँहरुको पदको लागि असहमत भएको वताए । बडिमालिका नगरपालिका पटक पटक कार्यपालिका एकलौटि निर्णय गरेको भन्दै नेकपा समर्थक वडाअध्यक्ष बिरोध जनाउदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार