शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नेपाल लोक स्टार १२ मा बाजुराका दुई हस्ती ११ मा पार्न भोटिङ गर्न अनुरोध

नेपाल लोक स्टार १२ मा बाजुराका दुई हस्ती ११ मा पार्न भोटिङ गर्न अनुरोध

  • बिहिबार, भदौ ५, २०७६
नेपाल लोक स्टार १२ मा बाजुराका दुई हस्ती ११ मा पार्न भोटिङ गर्न अनुरोध

पदम सिंह
बाजुरा ५ भदौ : नेपाल लोक स्टारको उत्कृष्ट १२ मा बाजुराका दुई जना प्रतियोगी परेका छन् । शुक्रवार भएको १० औँ श्रृंखलामा बाजुराका पविन्द्र सुनार र प्रभुराज पाण्डेयले उत्कृष्ट १२ मा स्थान सुरक्षित बनाउका हुन् । पाण्डेय काठमाडौँ अडिसनबाट प्रतियोगितामा सहभागी भएका हुन् भने सुनारले धनगढीमै अडिसन दिएका थिए । सुनार निर्णायकको पहिलो रोजाईमा पर्दै उत्कृष्टमा पर्दै आएका छन् । उनी त्यसअघि पनि गोल्डेन स्टार पाउँदै उत्कृष्ट २० मा पर्न सफल भएका थिए ।

कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुची राख्दै आएका थिए । उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए । लोकगीत र संगीतप्रति पहिलेदेखि नै रुचि राख्दै आएका पाण्डेय भने २०७० सालदेखि संगीतमा सक्रिय छन् । काठमाडौँ, दरबारमार्गस्थित ‘किङ प्यालेस’ मा दोहोरी गाउँदै आएका उनले अहिलेसम्म पाँच वटा गीत बजारमा ल्याईसकेका छन् ।
साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टारले मेगा अडिसनको यात्रा गरेको थियो । त्यस पछिको हप्ता नवौं श्रृंखालाबाट पाँच जना बाहिरिएका थिए भने १० औँ श्रंखलामा थप चार जना बाहिरिएपछि त्यसै गरी ११ औ श्रंखलाबाट दुई जना १२ औ श्रंखलाबाट दुई जना गरी आज १३ औ श्रंखला हुदैछ । आज हुने १३ औ श्रंखलामा भाटिंको आधारमा एक जना प्रतिस्प्रधि बाहिरीने छन् । अबको श्रृंखलाहरु सबै भाटिंकोे आधारमा छनोट हुने छन् ।
सुदुरपश्चिमबाट प्रतिनिधित्व गरीरहेका कला लगा र प्रतिभाका धनी दोय पबिन्द्र सुनार र प्रभुराज पाण्डेलाई भोट गर्न समर्थहरुले सबै देश तथा बिदेशमा रहनु भएको राजुभाई तथा दिदि बहिनीहरुलाई अनुरोध गरीरहेका छ । भोटिङ्गको लागी आईएमी पेयको एप्स डाउनलोड गरेर र मोबाईलको म्यासेज बक्समा गएर पबिन्द्र सुनारको लागी एल २५ र प्रभुराज पाण्डेको लागी एल १२ टाईप गरेर ३७००० मा सेन्ड गर्न अनुरोध गरेको छ । याहाहरु सबैलाई बडिमालिका खवर पनि अनुरोध गर्दछ ।
देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार