शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक

  • बिहिबार, भदौ ५, २०७६
प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेको बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
सरकारको कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फरेन्स लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको हो ।
प्रधानमन्त्री ओली बिहीबार मात्र स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । स्रोतकाअनुसार ओलीको यो भ्रमणमा दुई साताभन्दा लामो हुनसक्छ ।

ओली सिंगापुरमा रहँदा मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी यो व्यवस्था गरिएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार