बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साफे–मार्तडी सडक विकल्पको खोजी

साफे–मार्तडी सडक विकल्पको खोजी

सडक डिभिजन कार्यालयलाई नयाँ रुट एकीन गर्न जिल्ला प्रशासनकाे अनुराेध

  • शनिबार, साउन ३२, २०७६
साफे–मार्तडी सडक विकल्पको खोजी

लक्ष्मीराज पाध्याय
बाजुरा ३२ साउन
जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकका रुपमा रहेको साँफे–मार्तडी राजमार्ग सडकको वैकल्पिक मार्ग पहिचान गरि निर्माण कार्य सुरु गरिने भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले स्थायी समाधानका लागि नयाँ मार्ग पहिचान गरी तत्काल निर्माणको काम अघि बढाउने गरि प्रक्रिया सुरु गरिने निर्णय गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव तथा सूचना अधिकारी खगेन्द्रबहादुर मल्लले बताए ।
बुढीगंगा नगरपालिका–१ अम्कोट क्षेत्र नजिकै पर्ने द्धवारीमा गएको पहिराले सडकमा क्षति पु्र्याएर यातायात सेवा नै बन्द भएको र मर्मत मात्र गरिए वर्षेनी समस्या आउने हुँदा दीगो समाधानका लागि सडक डिभिजन कार्यालयलाई नयाँ रुट एकीन गर्न अनुरोध गर्ने निर्णय गरेको सहायक प्रजिअ तथा सूचना अधिकारी मल्लले बताए ।
सडकको नयाँ रेखाङ्कन गर्ने र निर्माणको काम सुरु गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय साँफेबगरलाई दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समिति संयोजक गंगाप्रसाद न्यौपानेले बताए । सडक पहिरोले भासिएपछि बाटो बन्द हुँदा जिल्ला स्थित सरोकारवाला चिन्तित बनेका छन् ।
द्धारी क्षेत्रमा वर्षेनी सडक बन्द भईरहने र पैमाको पहिरो तथा बुढीगंगा नदीको कटानले थप क्षति हुने भएकोले नयाँ मार्ग रेखाङ्कन गर्न लागिएको हो । नयाँ मार्ग निर्माणमा क्षति हुने घर तथा जमिन र अन्न बालीको मूल्याकंन गरी नेपाल सरकारको नियम अनुसारको मुआब्जा दिने पनि बैठकले निर्णय गरेको छ ।
घर मूल्याकंनको जिम्मा सहरी आवास तथा भवन निर्माण संघिय कार्यालयलाई, जमिनको मुआब्जाका लागि सडक डिभिजन कार्यालय र धान बालीको क्षति वितरण संकलन गर्न जिल्ला स्थित कृषि ज्ञान केन्द्रलाई जिम्मा दिने निर्णय गरिएको छ ।
भवन, जमिन र अन्न बालीको क्षतिको विवरण संकलनको अभिलेख राख्ने जिम्मा बुढीगंगा नगरपालिकाले लिने र क्षतिपूर्तिको आर्थिक व्यवस्थापन नौ वटै स्थानीय तहले गर्ने निर्णय गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनु भएको छ ।
शुक्रबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पहिरोका कारण उच्च जोखिममा रहेका र क्षति पुगेका घर तथा बस्तीका लागि सार्नका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।
बैठकले गएको बैशाख देखि हालसम्म विभिन्न घटनामा परेका परिवार तथा व्यक्तिलाई दिएको १२ लाख ८२ हजार राहत रकमको पनि अनुमोदन गरिएको छ । समितिको बैठकमा नो वटै स्थानीय तहका प्रतिनिधी सहीत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार