बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको स्वामीकार्तिक १ र २ मा पहिरोले लाखौको क्षेति

बाजुराको स्वामीकार्तिक १ र २ मा पहिरोले लाखौको क्षेति

बाजुरामा पहिरोको वितण्डा

  • शुक्रबार, साउन ३१, २०७६
बाजुराको स्वामीकार्तिक १ र २ मा पहिरोले लाखौको क्षेति

पदमबहादुर सिंह
बाजुरा ३१ साउन : लगातारको वर्षाले बाजुराको बिभिन्न ठाउहरुमा पहिरो जादा ठुलो क्षेति भएको छ । साउन महिना लागेसंगै जिल्लाको बिभिन्न स्थानीय तहरुमा पहिरो जादा मानबिय क्षेति हुनुको साथै बाटो घाटो पुलपुलैसा खानेपानी खेतियोग्य जमिन सहित बालीनालीमा क्षेति पुगेको छ ।
गएको बुधबार बाजुराको उत्तरी क्षेत्रमा पर्ने कणार्ली बारीको स्थानीय तह स्वामीकार्तिक खपर गाउपालिका १ को चिसापानी, रुडी, जोरु, चुईकोटमा पहिरो जादा ३१ घर परिवार विस्तापीत भएका छ । विस्तापीत घर परिवार मध्य १६ घर परिवार वार्षिक रुपमा बसोबास गर्ने परिवार हुन भने १५ घर परिवार ६ महिना बसोबास गर्ने परिवार रहेको स्थानीय मनबहादुर रोकायाले बताए । बिस्तापित परिवार हाल छिमेकीको घरमा बसोबास गर्दै आएका स्थानीय मानबहादुर रोकायाले बताए । बाली नाली गाएर लेक तीर कोदो रोप्ने गाई बस्तु पाल्न सजिलो हुने भएकोले बर्षातको समयमा बसोबास गर्ने गरेको रोकायाले बताए । भने रुडी सिचाई कुलो, खानेपानी र बर्कुको मानाकोटी सिचाई कुलो पहिरोले बगाएको छ । सिचाई र खानेपानी बगाउदा स्वामीकार्तिक खापर गाउपालिका १ र २ का तीन सय घर परिवार खानेपानीबाट बन्चित बनेका स्थानीय मानबहादुर रोकायाले जानकारी दिए ।
त्यस्तै स्वामीकार्तिक खापर गाउपालिका २ छुदरीमा पहिरोले ४८ गाई बस्तु बगाएको छ । भने छुदरीका ५५ घर परिवार उच्च जोखीममा रहेको सथानीय शिक्षक हंस बुढाले जानकारी दिएका छन् । पहिरोले काठेपुल छैनन् । बाटो पुरै भत्काएको छ । बिद्यार्थीहरुलाई विद्यालय आउन जान समस्या भएको बुढाले बताए ।
ईलाका प्रहरी कार्यलय स्वामीकार्तिक खापरका अनुसार पहिरोले क्षेति भएको खबर आएको छ र प्रहरीको टोली पहिरो पीडीत स्थल तीर गएको छ र घटनाको एकीन डाटा आएको छैन गाउपालिकाको केन्द्रबाट टाढा भएकोले ढिलो खबर भएको र खबर पाएसंगै प्रहरी परीचारल गरिएको ईकाई प्रमुख मानबहादुर चन्दले जानकारी दिए ।
स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले घटास्थल गएर क्षेति धेरै भएको छ । डाटा संकल गर्न वडालाई खबर गरेको र तुरुन्तै गाउ कार्यपालिकाको बैठक बसाले र पीडितलाई राहत र विस्तापीत परिवारको बासको व्यबस्थाको गर्ने बताएको छ ।
स्वामीकार्तिक खापर गाउपालिकका १ का अध्यक्ष जनक रोकायाले भने तत्काल बस्ती स्थानान्तरण गर्न अर्को ठाउँ पनि सुरक्षित नभएकाले जोखिममा रहेको बस्ती स्थानियलाई सुरक्षित ठाउमा रहेका छिमेमीको घरमा बस्न लगाउने प्रकृया अगाडी बढाउको बताएका छन् ।
स्वार्मिकार्तिक गाउपलिकाको विभिन्न ठाउमा पहिरो जादा स्थानियले लगाएको धान, कोदो, मकै, फापर लगायतका बाली बगाएर सखाप पानर्सका साथै , खानेपानि र सिचाई हनर पनि भतकाएको वडाअध्यक्ष रोकायाले बताए ।
त्यसको अहिले स्थलगत अनुगमने भैरहेको र जोखिम अनुसारको राहात वितरण गर्नुपर्ने अध्यक्ष रोकायाले बताएका छन् ।
जिल्ला दैवीक प्रकोप उद्धार समितिको बाजुराको तथ्याङ्कमा ९५ बस्ति पहिरोको उच्च जोखीममा रहेका छन् । भने साविकको साप्पाटा गाविस पुरै पहिरोको उच्च जोखीममा रहेको तथ्याङ्क छ ।
सउन महिनामै गौमुल गाउपालिका ६ टुनीको शान्ति टोलमा साउन १७ गते राती घर माथिबाट पहिरो आएर खाना खाएर ढुक्का साथ सुतेका ३० वर्षकी निरुता चदारा र वर्ष ६ की उनकी छोरी किस्मिता चदाराको मृत्यु भयो । ९१ वर्षका जंगे चदारा गम्भीर घाइते भए ।
पहिरोमा च्यापिएर सँगै घर भएका सुके चदारा, जडेनी चदारा, अस्मीता चदारा र विकास चदारा सामान्य घाइते थिए । शान्ति गाउँमा ५० बढी परिवार पहिरोको उच्च जोखीममा रहेका छन् । बसोबास गर्ने सबै परिवार दलित थरका चदारा र विक रहेका स्थानीय रमीत विकले बताए । उनीहरु सबैको साझा समस्या भनेको पहिरो बनेको छ ।
त्यस्तै गौमूल गाउपालिका १ अन्द्रडीको बिच स्तिामा पहिरो जादा ४८ परिवार विस्तापीत भएका छ । बाटाघाटो भत्किएर आवत जावतमा समस्या छ ।
यता बुढिगंगा नदिले बडिमालिका,बुढिगंगा र त्रिबेणी नगरपालिकाका दर्जनौ बस्ति र खेति योग्य जमीन कटान गरिएको छ । त्रिबेणी नगरपालिकाको पैमा र बुढिगंगा नगरपालिका १ अमकोटबाट पहिरो जादा बुढिगंगा नदि थुनीने खतरामा रहेको छ भने । बाजुरा जिल्लाको साँफे मार्तडी सडकको ठाउठाउमा पहिरो जादा यातायात अबरुद्ध भएका छ । बस सेवा बल्देसम्म मात्र संचालन छन भने जीपहरुले आँसीक सेवा दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार