शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाढिले ३९ पशु चौपाया बगायो, लाखौको क्षेती

बाढिले ३९ पशु चौपाया बगायो, लाखौको क्षेती

  • शुक्रबार, साउन ३१, २०७६
बाढिले ३९ पशु चौपाया बगायो, लाखौको क्षेती
फाईल तस्वीर

संगीता तिमिल्सेना
बाजुरा ३१ साउन
बाजुरा जिल्लाको स्वार्मिकार्तिक गाउपलिका वडा नं २ छुद्दरी टोलमा बुधबार बेलुका आएको बाढी संगै ३९ पशु चौपाया बगेका छन् । मेलामा चराउन लगाएका २७ गाई र १२ गोरु साँझ घर फर्कने बेला एक्कासी आएको पानीले घर नपुग्दै बाटोमा पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए । करिब २० वटा पशु चौपायाको उद्दार गरिएको स्थानिय मनबहादुर रोकायाले जानकारी दिएका छन् ।
रोकायाका अनुसार बाढीले मानविय क्षती भने भएको छैन तर लाखौको खेतीयोग्य जमिनमा लगाएको अन्नबाली समेत बगाएको छ । छुद्दरी टोल अहिले बाजुरा जिल्लाकै उच्च जोखिमा रहेको जिल्ला विपद व्यस्थापन समितिको तथ्यांकमा रहेको छ ।
त्यस्तै स्वामिर्कािर्तक गाउपालिका १ को चिसापानी र जोरु लगायतका टोलहरु अहिले बाढीको उच्च जोखिममा रहेका छन् । गाउँपािलकाको चिसापानी, जोरु लगायतका टोलमा माथीबाट पनि पहिरो आएको र तलबाट पनि बगिरहने भएकाले उक्त टोलहरु जोखिममा रहेको स्थानीय रोकायाले बताए ।
जोखिममा रहेका टोलका २० भन्दा बढी परिवारको तत्काल स्थानान्तरण गर्नुपर्ने रोकायाले बताए । बस्ती स्थानान्तरण गर्यो भने त्यहाका स्थानिय अलि सुरक्षित हुन सक्छन् नत्र भने पानी परेको बेला अहिले हो की पछी कसैको भर छैन उनले भने ।
यता वडा न. १ का वडा अध्यक्ष जनक रोकायाले भने तत्काल बस्ती स्थानान्तरण गर्न अर्को ठाउँ पनि सुरक्षित नभएकाले जोखिममा रहेको बस्ती स्थानियलाई सुरक्षित ठाउमा रहेका छिमेमीको घरमा बस्न लगाउने प्रकृया अगाडी बढाउको बताएका छन् ।
स्वार्मिकार्तिक गाउपलिकाको विभिन्न ठाउमा पहिरो जादा स्थानियले लगाएको धान, कोदो, मकै, फापर लगायतका बाली बगाएर सखाप पानर्सका साथै , खानेपानि र सिचाई हनर पनि भतकाएको वडाअध्यक्ष रोकायाले बताए ।
त्यसको अहिले स्थलगत अनुगमने भैरहेको र जोखिम अनुसारको राहात वितरण गर्र्ने वडा अध्यक्ष रोकायाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार