शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘रकुलले अश्लीलता फैलाइन्’

‘रकुलले अश्लीलता फैलाइन्’

  • बिहिबार, जेष्ठ १६, २०७६
‘रकुलले अश्लीलता फैलाइन्’

मुम्बई : बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मले राम्रै कमाइ गरिरहेको छ। यस फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर पनि आउन थालेको छ। तर पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन्।

अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर इन्स्टाग्राममा राखेपछि उनका एक फ्यानले प्रतिक्रिया दिएका छन्, ‘यो घटियापन हो। जिन्सको बटन खोलेर अश्लीलता फैलाउनुको कुनै अर्थ छैन। यो तरिका गलत छ। यस्तो फेसनको आवश्यकता छैन।’ उनका अर्का फ्यानले लेखेका छन्, ‘तपाईंलाई पैसा चाहिएको भए मेहनत गर्नुस्, एक्सपोज होइन।’अभिनेत्री सिंहले सन् २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार