आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • नगद ३ लाखसहित १३ जुवाडे पक्राउ

नगद ३ लाखसहित १३ जुवाडे पक्राउ

  • शुक्रबार, साउन ३१, २०७६
नगद ३ लाखसहित  १३ जुवाडे पक्राउ

धरान उपमहानगरपालिका–१५ पिण्डेश्वर चोकको एक घरमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले अहिले भरखरै पक्राउ गरेको छ ।
विगत लामो समयदेखि हिमाल दाहालको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले साँझ छापा मारेको थियो । संग्राम भन्ने व्यक्तिले भाडामा किराना पसल चलाउदैं आएका थिए । उनले नै भाडामा लिएकाे काेठामा जुवा जुवा तास खेलाउने गरेको स्थानीयले बताएका छन् । खाली कोठामा जुवा खेलाउने गरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
जुवा खेल्दैं गरेको अवस्थामा खालबाट ३ लाख ४ हजार एक सय ५५ रुपैयासमेत बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए । उनीहरुको नाम भने भोली पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने उनले बताए ।
डिएसपी न्यौपानेका अनुसार उक्त स्थानमा नियमित जुवा तास खेलाउने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार