बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पर्यटक लोभ्याउँदै बिरेखाला झरना

पर्यटक लोभ्याउँदै बिरेखाला झरना

  • बिहिबार, साउन ३०, २०७६
पर्यटक लोभ्याउँदै बिरेखाला झरना
बाजुरा सदरमुकाम मार्तडीको काँखमा रहेको बिरेखोला झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै

लक्ष्मीराज पाध्याय
बाजुरा ३० साउन  
पर्यटकीय क्षेत्र बाजुरा सदरमुकाम मार्तडीको काँखमा रहेको बिरेखोला झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ ।
करीब करिव १ सय मिटर अग्लो झरनाको मनोरम दृश्य र भीर मौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।
झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयले बताएका छन् । खोल्सीको पानी करिव दुई सय ५० मिटर माथिबाट भुइँमा पछारिँदा कपडाको भुवाजस्तै देखिन्छ भने टाढाबाट हेर्दा झरना झन आकर्षक र मनोरम लाग्छ ।


बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको करिव दुई सय ५० मिटर अग्लो ‘बिरेखोला झरना’ गुमनाम जस्तै बनेको छ । यसको प्रचार–प्रसार र प्रबर्द्धन नहुँदा ओझेलमा परेको देखिन्छ । बडिमालिका नगरपालिका ८र ९ को सिमानामा अवस्थित झरना पर्यटकको पर्खाइमा छ ।
टाढाबाट हेर्दा झरना झन् आकर्षक र मनोरम लाग्छ । नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन । पैदलयात्राबाट गएका पनि झरनामा पुगेपछि थकाइ बिर्सिन्छन । झरनाको मध्य भागमा घाम लाग्ने बित्तिकै आकर्षक सप्तरंगी इन्द्रेणीको दृश्य हेर्न पाइन्छ । अग्लो झरनामा लाग्ने इन्द्रेणीले घन्टौँ बितेको पत्तै हुँदैन । यहाँ पुग्ने मध्ये अधिकांशले झरनामा इन्द्रेणी परेको दृश्यावलोकन गर्न घण्टौँ सम्म बिताउने गरेको स्थानीय सुरज बडुवालले बताए ।


कसरी पुग्ने ?
बिरेखोला झरना रमाउनेका लागि आकर्षक गन्तव्य हो । सदरमुकाम मार्तडीबाट ६ किलोमिटर पक्की सडकमा २० मिनेटमा पुग्न सकिन्छ । मार्तडी बजारबाट करिव एक घण्टा पैदल हिँडेपछि पनी झरना स्थल पुग्न सकिन्छ । छोटो र रमाइलो लागि झरना उत्कृष्ट गन्तव्य हो ।
गाडीमा जाँदा झरनासम्म पुग्न कम्तीमा आधा घन्टा पैदल हिँड्नैपर्छ । झरना नजिकैबाट साफेँ मार्तडी पक्की सडक पनी छ । झरनाको तिरैमा गाडी राखेर २ मिनेटमै झरनाको फेदीमा पुगिने गरेको छ ।


झरना नजिक मोटर बाटो पुगेको छ । जिप, मोटरसाइकल सहजै पुग्छ । ठूला बस र निजी सवारी साधन लिएर आउनेहरू सडक छेउमा पार्किङ गरी पैदल झरनातर्फ लाग्छन । सडकबाट झरना सहजै देखीने गरेको छ । स्थानीय सरकारले झरनाबारे जानकारीमूलक सूचना बोर्ड प्रवेशद्वारमै राखीदिने हो भने घुम्न आउने पर्यटकका लागि सहज हुने स्थानीयले बताएका छन्  ।

चर्चामा

सम्बन्धित समाचार