शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाको सचिवालय बुधबार बस्ने, स्कुल विभागमा आठ जनाको दाबी

नेकपाको सचिवालय बुधबार बस्ने, स्कुल विभागमा आठ जनाको दाबी

  • मङ्लबार, साउन २८, २०७६
नेकपाको सचिवालय बुधबार बस्ने, स्कुल विभागमा आठ जनाको दाबी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली सिंगापुरबाट स्वदेश फिर्ता भएसँगै बधुबार केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

सचिवालयको बैठक मंगलबार बस्ने भनिएको थियो । आन्तरिक तयारी गर्नुपर्ने भन्दै ओलीले सचिवालयको बैठक बुधबार सरेका हुन् ।

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ ।

स्थायी समिति सदस्यहरूलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ ।

जुनियर केन्द्रीय सदस्यहरूलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह–इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् ।

जनसंगठनका संयोजकहरू पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरू रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यता छ ।

नेकपाको संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी समिति सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।

स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरूको संख्या बढ्दै गएको छ । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरेको विभागमा झलनाथ खनाल, युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले पनि ईच्छा देखाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार