
केहि दिन शान्त रहेको देशमा फेरी धुवा मुस्लो सहितको अशान्त उब्जिएको छ | झापाको विर्तामोड नगरपालिकाको ७,८ र ९ वडाको संयुक्त कार्यालयमा एक्कसी बम बिस्फोट भएको खबर प्राप्त भएको छ | सोमबार विहान साढे चार बजेको अन्तरालमा तीन ओटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको झापाको डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभएको छ |
‘सोमबार विहान साढे चार बजे तीन वटा वडाको संयुक्त कार्यालयमा बम विस्फोट भएको हो,’ डिएसपी श्रेष्ठले भन्नुभयो, ‘सामान्य भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन।’
उहाका अनुसार विस्फोटबाट कार्यालयका ढोकामा क्षति पुगेको छ। विस्फोट कसले गरायो भन्ने विषयमा अनुसन्धान जारी भैरहेको प्रहरीले जनाएको छ |
घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला नपरेका कारण बम कसले विस्फोट गरायो भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। यद्यपी सरकारले प्रतिवन्ध लगाएको विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यद्दपी नेपालमा हाल भूमिगत रुपमा विप्लव समुहको बिद्रोह कार्यक्रम जारि रहेकोले उक्त घटनामा विप्लव समुहको संलग्नता हुन सक्छ किनकी उक्त समुहले सरकारी कार्यालयलाई अहिले मुख्य निशाना बनाउँदै आइरहेको छ | यद्दपी उक्त समुहले जिम्मा अर्थात् त्यहाँ उक्त समुहको कुनै प्रमाण फेला नपरे सम्म किटानका साथ भन्ना सकिने अवस्था भने अहिले नै छैन |
