• होमपेज
  • अर्थ
  • वाणिज्य बैंकले कृषि गर्नेलाई ३.३ % ब्याजमा ५ करोड सम्मको ऋण लिन बोलायो ! (सम्पर्क सहित)

वाणिज्य बैंकले कृषि गर्नेलाई ३.३ % ब्याजमा ५ करोड सम्मको ऋण लिन बोलायो ! (सम्पर्क सहित)

  • सोमवार, साउन २७, २०७६
वाणिज्य बैंकले कृषि गर्नेलाई ३.३ % ब्याजमा ५ करोड सम्मको ऋण लिन बोलायो ! (सम्पर्क सहित)

सरकारले कृषि उद्यम गर्नका लागि सहुलियत ब्याजमा ५ करोडसम्मको ऋण दिदै छ। तर ऋण लिने सङ्ख्या निकै कम छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले सम्ममा १ हजार ७४९ जनाले मात्र उक्त ऋण लिएका छन्। त्यसकारण कृषि व्यवसाय गर्न चाहनेका लागि राष्ट्र बैंकबाट समयमै ऋण लिनका लागि अनुरोध गरिएको छ।

यस्तो ब्याज अनुदान कसले पाउँछ ?

  • सामान्य अवस्थामा १८ वर्ष उमेर पुरा भएको नेपाली नागरिकले पाउँछन्
  • यस्तो व्यक्तिले स्थायी लेखा नं (PAN) प्रमाण पत्र लिएको हुनु पर्नेछ
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको व्यक्ति हुनु पर्नेछ
  • तर दश लाख रुपैयाँभन्दा बढीको कर्जाको लागि अनिवार्य रूपमा संस्था हुनुपर्नेछ
  • त्यस्तै एक करोड रुपैयाँ भन्दा बढीको लागि अनिवार्य रूपमा कम्पनी हुनुपर्नेछ

कति ब्याज तिर्नुपर्छ?

बैंकको आधार दरमा २% जोडी ब्याज दिनुपर्ने हुन्छ जसमा ५% सरकारले नै तिरीदिन्छ। एसो हुदाँ तपाईले सबैभन्दा कम ब्याजदर भएको बैंकबाट ऋण लिदाँ सजिलो हुन्छ।

जस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३३ छ, यसमा २% जोड्दा ८.३३ हुन्छ र सरकारले ५% तिरिदिदा तपाईले मात्र ३.३३% ब्याज तिरे पुग्छ।

कुन बैंकमा कति ब्याजदर छ भनेर जान्नका लागि तलको सूची हेर्नुहोस्:

ऋण लिन के के कागजात चाहिन्छ ?

  • स्पष्ट रूपमा भरेको आवेदन फारम
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • प्रचलित कानुन बमोजिम दर्ता भएको व्यवसाय तथा स्थायी लेखा नं (PAN) प्रमाण पत्रको प्रतिलिपि
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्व:घोषणा
  • सामूहिक जमानीको हकमा सामूहिक जमानी सम्बन्धी कागजात
  • उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्ताव
  • दस लाख रुपैयाँ भन्दा बढीको कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव

कति धितो राख्नु पर्छ ?

दश लाख रुपैयाँसम्मको ऋणकालागि सामूहिक जमानीका आधारमा दिइनेछ । त्यस भन्दा बढी ऋणका लागि व्यावसायिक परियोजना धितो राख्नु पर्छ।

ऋण  कति समयमा तिर्नुपर्छ ?

समय अवस्थामा यस्तो ऋण बढीमा पाँच वर्षमा तिर्नु पर्ने हुन्छ तर व्यवसायको प्रकृति अनुसार सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋण चुक्ता गर्नु पर्ने अवधि तोक्न सक्नेछन् । किस्ता भुक्तानी अवधि कर्जाको प्रकार,रकम,उद्देश्य र जोखिमको स्तर लगायतका आधारमा निर्धारण गरिनेछ ।

यो ऋण के कामका लागि दिइन्छ?

तरकारी उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण, बीउ बिजन उत्पादन, प्रशोधन,भण्डारण तथा विक्री वितरण, वनजन्य व्यवसाय, पुष्प व्यवसाय तथा वागवानी, पशुपन्छी पालन, अस्ट्रिच, टर्की र हाँस पालन, सोको मासु एवं अण्डाको भण्डारण, प्रशोधन तथा विक्री वितरण, फलफुल उत्पादन, उत्पादित फलफूलको प्रशोधन भण्डारण तथा विक्री वितरण, दुग्ध उत्पादन, प्रशोधन  तथा विक्री वितरण, मत्स्यपालन, उत्पादित माछाको भण्डारण तथा विक्री वितरण, च्याउ उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण, पशुवधशाला, मासुजन्य उत्पादन, सोको भण्डारण तथा विक्री वितरण, जडीबुटी उत्पादन, प्रशोधन भण्डारण तथा विक्री वितरण, उखु, कफी, चिया, अलैची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो, लोक्ता खेती तथा यिनीहरूको प्रशोधन भण्डारण तथा विक्री वितरण, मौरी पालन व्यवसाय, जौ, फापर, सिलामको उत्पादन, प्रशोधन तथा विक्री वितरण, कपास, ऊन, रेसम खेती/उत्पादन, प्रशोधन तथा विक्री वितरण, भेडा, च्याङ्ग्रा र चौँरी लगायतबाट ऊनको उत्पादन, प्रशोधन तथा विक्री वितरण, नेपाल सरकारले समय समयमा थप गरेका अन्य कृषि तथा पशुपन्छीजन्य व्यवसायहरू।

बैंकले ऋण नदिएमा कहाँ सम्पर्क गर्ने?

यदी प्रक्रिया पुर्याउँदा पनि चाहेको बैंकको कुनै शाखाले ऋण दिन नमानेमा तपाईले सिधै नेपाल राष्ट्र बैंकका प्रवक्ता श्री नारायण प्रसाद पौडेललाई फोन गर्न सक्नुहुन्छ।

फोन: ०१-४४११८०७, ९८५१०३७८५४

यसरी फोन गर्नु भएमा उक्त आलटाल गर्ने वा दुख दिने बैंकलाई तुरुन्त कारवाही गरिनेछ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिनका लागि सुरुबाट नै अनुरोध गरिएको छ। यदि यस बैंकका कुनै पनि शाखाले ऋण नदिएमा सिधै ९८५११३३८८१ (नारायण लामिछाने) मा सम्पर्क गर्न सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार