बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध

स्थानीयलाई सास्ती

  • आइतवार, साउन २६, २०७६
निरन्तर पहिरो खस्न थालेपछि साँफे–मार्तडी सडक अबरुद्ध
सडक माथिबाट पहिरो खस्दा साँफे मार्तडी सडक खण्ड अवरुद्ध तस्वीर : चेतन ऐडीको फेशबुकबाट

बाजुरा २६ साउन
निरन्तर बर्षाका कारण सडक माथिबाट पहिरो खस्दा साँफे मार्तडी सडक खण्ड अवरुद्ध भएको छ । साँफे मार्तडीसडक खण्ड अन्तरगतको बुढीगंगा नगरपालिका १ अमकोट नजिकै पहिरो जादाँ सडकमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने जाने यातायातका साधानहरु विच बाटोमै बिहानै देखी अलपत्र परेका छन् ।


पहिरोकै कारण यातायातका साधानहरु अलपत्र परेपछि यातायातमा सवार यात्रुहरु समेतलाई सममस्या भएको यात्र्हरुले बताएका छन ।
निरन्तरको वर्षा संगै पहिरो खस्न थालेपछि सडक खुलाउन तत्काल समस्या भईरहेको स्थानीयले बताएको छन् ।

चर्चामा

सम्बन्धित समाचार