• होमपेज
  • समाज
  • गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा कसले गर्‍याे मध्यरातमा आगजनी ?

गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा कसले गर्‍याे मध्यरातमा आगजनी ?

  • आइतवार, साउन २६, २०७६
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा कसले गर्‍याे मध्यरातमा आगजनी ?

दाङ । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा मध्यरातमा आगजनी गरिएको छ ।

गएराति करिव १२:४५ को समयमा आगजनी भएको हुन सक्ने अनुमान गरिएको छ । तर साे आगजनी कसले र किन गरियाे भन्ने खुल्न सकेकाे छैन । अगजनीबाट रा १ झ १५२ नम्बरको उक्त सरकारी सुविधाकाे गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपाल प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

सई शर्माका अनुासर बंगलाचुली गाउँपालिका वडा नं- ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको वेला साे गाडीमा आगजनी भएको हो । आगजनी कसले गरेकाे हाे भन्नेबारे अनुसन्धान भइरहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार