बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फिटनेस
  • तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ

तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ

  • शनिबार, साउन २५, २०७६
तिज मेकअप टिप्स – बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ

ब्युटी टिप्स: रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ : तीज भन्नासाथ हिजोआज एकदमै ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपमा सिंगारिन चाहन्छन् । तीजमा ट्रेन्डी मेकअप तर ब्राइट देखिने हल्का मेकअपमै सुन्दर देखिन सकिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्‍हो हुन्छ । तीजका बेला व्रत बस्ने, मठ–मन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप लगाउनुपर्छ । विवाहित महिलाहरूले रातो एवं ब्राइट कलरका पहिरन लगाउने हुँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ जसमा आइज स्मोकी हुनुपर्छ । त्यसमा पनि गोल्डेन र ब्ल्याक स्मोकी राम्रो देखिन्छ । तीजका दिन महिला दिदीबहिनीहरुले फेसनेबल पहिरन लगाइने भएकाले त्यही अनुसारको मेकअप गर्नुपर्छ ।

सबै महिलाले तिजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास हुन्छ । धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

त्यही अनुसार मेकअप गर्ने गरेको पाइन्छ । मेकअप गर्दा एकदम ध्यान पुर्याएर गर्नुपर्छ । आफूले लगाउने पहिरनलाई ध्यानमा राखेर मेकअप गर्नुपर्छ ।

साडी–लेहेँगामा मेकअप

तपाईंले साडी कस्तो लगाउनुहुन्छ, त्यसअनुसार मेकअप गर्नुपर्छ । हेभी साडी वा लेहेँगा लगाउनुभएको छ भने लाइट मेकअप गर्नुपर्छ । पहिरन लाइट छ भने मेकअप हेभी गर्न सकिन्छ ।

कुर्तीमा लाइट मेकअप

कुर्तीमा मेकअप धेरै गरेको राम्रो देखिँदैन । लाइट कलरको मेकअप राम्रो हुन्छ । कुर्तीमा सिम्पल मेकअप नै बेस्ट हो ।

१.तीजमा ब्राइट देखिन हल्का मेकअप गर्नुपर्छ ।

२.यो दिन व्रत बस्ने, मन्दिर जाने, नाचगान गरिने भएकाले प्रसस्ता पसिना आउन सक्छ, त्यसैले वाटरप्रुफ मेकअप उपयुक्त हुन्छ ।

३. विवाहिताले सेमी ब्राइडल लुक्स दिने मेकअप तथा अविवाहिताले हल्का मेकअप गर्नु राम्रो हुन्छ ।

४. आँखाको सेप गोलो छ भने राउन्ड सेप दिने मेकअप गर्नुपर्छ । ब्ल्याक स्मोकी आइमेकअपले सानो आँखालाई ठूलो देखाउँछ ।
५. यो दिन म्याटको रातो तथा मरुन कलरको लिपस्टिक लगाउनु उपयुक्त हुन्छ ।

६. हातमा मेहन्दी लगाउनुका साथै तथा नेल आर्ट समेत गराउन सकिन्छ ।

७. केश लामो भए कर्ल तथा छोटो भए स्ट्रेट गर्नु प्रभावकारी हुन्छ । त्यसो त यो दिन धेरैले केशमा विभिन्न डिजाइनका डोरी (धागो) प्रयोग गर्छन् ।

मेकअपका सामान
गर्मी मौसम भएकाले सबै मेकअपका सामान वाटरफ्रुफ प्रयोग गर्नुपर्छ ।
बेस
म्याट मेकअप
ट्रान्सफुसन पाउडर
स्याडो डस्ट
केक लाइनर
म्याट लिपस्टिक
मस्कारा

के लगाउने, के नलगाउने ?
नाइट पार्टीमा जाँदै हुनुहुन्छ भने सकेसम्म ड्रेस ब्राइट लगाउनु राम्रो हुन्छ । साइनिङ मेकअप गर्दा राम्रो देखिन्छ ।गहना लगाउँँदा पनि पहिरनलाई ख्याल गरेर लगाउनुपर्छ । कानमा लगाउँदा घाँटीमा नलगाउनु, घाँटीमा लगाउँदा कानमा नलगाउनु । सकेसम्म सुनको गहना कम लगाउनुहोस् ।

यो सुन्दरता मात्र नभएर सुरक्षाको हिसाबले पनि राम्रो होइन । छड्के तिलहरी र नौगेडीमध्ये कुनै एक मात्र लगाउँदा राम्रो हुन्छ । चुरीचाहिँ छपक्क लगाउँदा नै राम्रो देखिन्छ ।

प्लेन चुरी दुवै हातमा छपक्क लगाउँदा राम्रो देखिन्छ । चुरीको रङ रोज्दा साडीको रङलाई ध्यानमा राख्नुपर्छ । त्यसैगरी नङपालिस पनि लगाउनुपर्छ । अहिले त विभिन्न किसिको नेल आर्ट पनि गरिन्छ । यसले पनि राम्रो नै देखिन्छ । सकेसम्म उज्यालो रङको नङपालिस लगाउँदा राम्रो हुन्छ । टीका पनि लगाउन छुटाउनुहुँदैन ।

टीका लगाउँदाचाहिँ आफ्नो फेसकटलाई पनि ध्यान दिनुपर्छ । गोलो अनुहार भएको महिलाले लाम्चो टीका लगाउँदा राम्रो हुन्छ । टीका लगाउँदा सकेसम्म टल्कने लगाउनुपर्छ । सादा टीका अन्य समयमा पनि लगाइने भएकाले तिजमा टल्कने लगाउँदा राम्रो हुन्छ । चुरी लगाइने भएकाले घडी नलगाउँदा राम्रो हुन्छ । औँठी सादा लगाउनुपर्छ ।

नाचगानमा पनि सहभागी हुने भएकाले पहिरनमा काँडा भएका औँठी लगाउँदा अल्झिने समस्या हुन्छ, त्यसैले यस्ता गरगहना सकेसम्म नलगाउनु राम्रो हुन्छ ।

थप जानकारी
(रश्मिला श्रेष्ठ बरिष्ट सौन्दर्यबिद हुनुहुन्छ l बिगत दुइ दशक देखि उहा सौन्दर्य पेशामा आबद्द हुनुहुन्छ l अन्य सौन्दर्य सम्बन्धि जानकारी लिनु परेमा रष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल चौथो तला तथा बिजी मल गोगंबुको चौथो तलामा गएर आबश्यक सुझाब सल्लाह लिन सक्नुहुनेछ साथमा पुरुष तथा महिलाहरुको सौन्दर्य सम्बन्धि सम्पूर्ण सौन्दर्य ट्रिट्मेण्ट समेत गरिन्छ l

चर्चामा

सम्बन्धित समाचार