बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • रोजगारीको लागि विदेश पुगेका आम नेपाली युवाको लागि मन्त्री भट्टराइको आग्रह : फेसबुकमा हामीलाई गाली गर्नुको साटो पर्यटक पठाउनुस्, तपाईलाई सम्मान गर्छौं

रोजगारीको लागि विदेश पुगेका आम नेपाली युवाको लागि मन्त्री भट्टराइको आग्रह : फेसबुकमा हामीलाई गाली गर्नुको साटो पर्यटक पठाउनुस्, तपाईलाई सम्मान गर्छौं

  • शुक्रबार, साउन २४, २०७६
रोजगारीको लागि विदेश पुगेका आम नेपाली युवाको लागि मन्त्री भट्टराइको आग्रह : फेसबुकमा हामीलाई गाली गर्नुको साटो पर्यटक पठाउनुस्, तपाईलाई सम्मान गर्छौं

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक घोषणा गरेका छन्। उक्त ठुलो लक्ष्य प्राप्तिको लागि बिदेशमा रहनुभएका समस्त नेपालीहरुले बिशेष सहयोग गर्नेतर्फ मन्त्री भटराईको बिश्वास रहेको छ | विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने पनि भट्टराईले खुलेर बताए |

लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न सकियो भने देशले केहि बर्ष भित्रै ठुलो कांचुले फेर्ने जिकिर भट्टराइको थियो |

‘सरकारले यो गरेन र त्यो गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले कडा प्रश्न गर्दै भने ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामीले तत्कालै घोषणा गर्छौं र पठाउने व्यक्तिलाई राष्ट्रिय स्तरबाटै सहयोग र सम्मन गरेर अझै हौशला प्रदान गर्छौं|’

प्रधानमन्त्रीले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै भट्टराईले आउँदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

उनले निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दाबी गरेका छन् । ‘निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छौं’ मन्त्री भट्टराईले भने ।

सरकारले केही गरेन भन्ने चर्चा हुने गरे पनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनले तर्क गरे । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले आउँदो चुनावसम्म पार्टी घाोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने दाबी गरे ।

चर्चामा

सम्बन्धित समाचार