• होमपेज
  • देश
  • ज्यान मारा नदि, बर्षै पिच्छे बगेर मृत्यू

ज्यान मारा नदि, बर्षै पिच्छे बगेर मृत्यू

१० बर्षमा ७ जनाकाे मृत्यू

  • बिहिबार, साउन २३, २०७६
ज्यान मारा नदि, बर्षै पिच्छे बगेर मृत्यू
हिमाली गाँउपालिका ३ मा रहेको छिन्दु खोलामा झुलङ्गे पुल नहुँदा डोरीले मानिस र चौपाया तानेर तराउदै स्थानिय । फोटो । बडिमालिका खवर

बाजुरा २३ साउन । सर्वाधिक बिकट ठाँउमा रहेको छिन्दु नदिमा बर्षेनी नदि तर्ने बेला बगेर बेपत्ता र मृत्यु हुने गरेको छ । हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु खोलामा १० बर्ष यता ७ जनाको नदिमा बगेर मृत्यू भएको स्थानिय लालु कुबर भोटेले वताए ।
यो नदि तरेर हिमाली गाँउपालिका ३ गुम्बा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् । १० बर्ष यता मात्र आफुलाइ जानकारी भए अनुसार ७ जना बेपत्ता भएका छन् । केही त आफुहरुलाई पनि थाहा नभएको वडा सदस्य जगत लामाले वताए । बेपत्ता हुनेमा छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा रहेका छन् ।  उनीहरु त आफुहरुले नदि तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ, नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुन सक्ने लालु कुवरले वताए ।


मानिस मात्र नभई पशु चौपाया त बर्षेनी धेरै बगाएर मर्ने गरेका छन् । नदिमा पुल भएको भए यसरी ज्यान जाने थिएन्, निकै बिकट भएकाले कसैले सुनिदिदैन्, बाध्य भएर आवतजावत गर्ने गरेका छौ, बाध्यताले ज्यान जाने गरेको स्थानिय फुलमति गुरुङ्गले वताईन् ।
छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानिय वारपार गर्ने गरेको स्थानियले वताएका छन् ।बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदिमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् ।अहिले बर्षातको समयमा भने पुर्ण रुपमा आवतजावत बन्द हुने गरेको छ ।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन् । गुम्बा गाँउमा २६ जना परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको सदस्य लामाले वताए । गुम्बा खोला त अलि सानै रहेको छ । छिन्दु खोला हिउँदमा त तर्न सकिन्न बर्षात झनै समस्या हुने गरेको स्थानियले वताएका छन् । नदि भिरालो भएर बग्ने भएकाले पौडी खेलेर तर्न समेत समस्या भएको लालु कुवरले भने । हिउँदको समयमा काठेपुल निर्माण गरेपनी बर्षातमा बगाउने र काठेपुल निर्माण गर्न पनि निकै समस्या हुने गरेको उनले वताए ।छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।

नदिमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ ।
कहि कवाडी नदिको किनारा किनार र कही भिर बाटो हिडनु पर्ने भएकाले हिउँदको समयमा पनि आवतजावत गर्नमा निकै समस्या भोग्दै आएका छन् । फुलीगुम्वा नजिकै भिरमा त काठ राखेर भिरमा वारपार गर्ने गरेका छन् । त्यहाँ बाट खस्यो भने कवाडी नदिमा खस्ने जोखिम हुन्छ, ज्यानै जाखिम मोलेर औल बाट खाद्यन्न सामार्गी अन्य मालासमान बोक्ने गरेको जगत लामाले वताए । साथै बिच बिचमा घरघोर जंगल भएकाले भालुले आक्रमण गर्ने खतराले पनि आवतजात गर्नमा निकै समस्या हुने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार