• होमपेज
  • समाज
  • डडेल्धुरामा ट्याक्टर दुर्घटना, बैंकका सहायक म्यानेजरको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना, बैंकका सहायक म्यानेजरको मृत्यु

  • बिहिबार, साउन २३, २०७६
डडेल्धुरामा ट्याक्टर दुर्घटना, बैंकका सहायक म्यानेजरको मृत्यु

डडेल्धुरा।  डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको थियो। ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन्।  उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो।

उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी न्यौपानेले जानकारी दिए।  विष्ट कुमारी बैंक डडेल्धुराका सहायक म्यानेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका  ‘एकाउन्टेन्ट’ पदमा कार्यरत थिए।

चर्चामा

सम्बन्धित समाचार