• होमपेज
  • प्रदेश ७
  • धनगढीमा अटो रिक्सा र जीप ठोक्किदा सात जना घाईते, दुईको अवस्था गम्भीर

धनगढीमा अटो रिक्सा र जीप ठोक्किदा सात जना घाईते, दुईको अवस्था गम्भीर

  • सोमवार, साउन २०, २०७६
धनगढीमा अटो रिक्सा र जीप ठोक्किदा सात जना घाईते, दुईको अवस्था गम्भीर

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकमा अटो रिक्सा र जीप एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी सात जना घाईते भएका छन्। ६ लेन सडक खण्डको गेटा स्थित एयरपोर्ट जाने बाटो नजिकै से.१ च ८२३ नम्बरको जीप र ना ३ स ५५६६ नम्बरको अटो रिक्सा एक आपसमा ठोक्किदा सात जना घाईते भएको प्रहरीले जनाएको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले घाईते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताए।

अटोमा सवार धनगढी उपमहानगरपालिका १७ का ५६ वर्षीय चनकलाल डगौरा र उनकी श्रीमती ४७ वर्षीया उर्मिला डगौराको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक बस्नेतले जानकारी दिए। उनीहरुको सेती अस्पतालमा उपचार भईरहेको छ। यस्तै दुर्घटनामा परी घाईते भएकी धनगढीकै सुपनीदेवी चौधरीको अवस्था मध्यम र अन्य चारजनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घाईते सातै जना अटो रिक्सामा सवार रहेका थिए।

चर्चामा

सम्बन्धित समाचार