• होमपेज
  • अन्तर्राष्ट्रिय
  • कश्मीरमा नयाँ तरंग : नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट बन्द

कश्मीरमा नयाँ तरंग : नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट बन्द

  • सोमवार, साउन २०, २०७६
कश्मीरमा नयाँ तरंग : नेता नजरबन्दमा, टेलिफोन र इन्टरनेट बन्द
भारत प्रशासित कश्मिरमा खटिएका भारतीय सैनिक । फाइल तस्बिर

कश्मीर : भारत प्रशासित कश्मीरमा नयाँ राजनीति तरगं सिर्जना भएको छ । सुरक्षा प्रशासनले कश्मिरका मुख्य नेतालाई नजरबन्दमा राखेको छ । साथै हिडडुल र भेला हुन रोक लगाएको छ।

आजतकका अनुसार कश्मीरका पीडीपी प्रमुख महबूबा मुफ्ती र नेशनल कन्फरेनसका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालाई उनीहरुकै घर श्रीनरगरमा  नजरबन्द गरिएको छ । त्यसैगरी जम्मू कश्मीर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई पनि नजरबन्द गरिएको छ । उनीहरुलाई आइतबार रातिदेखि नजरबन्दमा राखिएको हो ।

भारतीय सञ्चार माध्यममा आएका खबरअनुसार प्रशासनले संविधानको धारा १४४ लागु गरेको छ । टेलिफोन र इनटरनेट सेवा बन्द गरिएको छ । ४ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ । मानिसको आवतजावतमा रोक लगाएको छ । शिक्षण संस्थासमेत बन्द गरिएका छन् । भारत–पाकिस्तानको विवादित भूमि रहेको काश्मीरमा केही दिनदेखि भारतीय प्रशासनले कडाई गर्न थालेको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितl गराएको थियो । तीर्थयात्रीलाई तत्काल काश्मीर छाड्न निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार