• होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाका उपाध्यक्ष दाहसंस्कारमा समेत सहभागी

गौमुल गाउँपालिकाका उपाध्यक्ष दाहसंस्कारमा समेत सहभागी

गौमुल गाउँपालिकाका उपाध्यक्ष दाहसंस्कारमा समेत सहभागी

  • सोमवार, साउन २०, २०७६
गौमुल गाउँपालिकाका उपाध्यक्ष दाहसंस्कारमा समेत सहभागी

रमित वि.क.
श्रावण,२० बाजुरा  :  गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा गत विहिवार पहिरोमा परी निधन भएकी आमाछोरीको अन्तिम दाहसंस्कारमा समेत सहभागि बन्नुभएको छ । आफनै गृह वडा बसाला शान्ति टोलमा गत विहिवार राती पहिरोका कारण घर भत्किँदा आमा सहित छोरीको मृत्यु भएको थियो,भने अन्य ५ जना घाइते भएका थिए ।
अबिरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा परी ३० बर्षिया निरुता चँदारा र उनकी ६ वर्षकी नाबालिका छोरी किशु चदाँराको मृत्यु भएको थियो । पहिरोमा परी अन्य ५ जना घाइते भएका थिए । पहिरोमा परी मृत्यू भएकी आमा छोरीको अन्तिम दाहसंस्कार घट्मुना नदीमा गरिएको थियो ।
पिडितलाई राहत दिन घरमा समेत पुगेकी थापा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कारमा समेत स्वयम सहभागि बन्नुभएको थियो । दुःखमा शान्त्वना सहित पिडितलाई सहानुभूति दिने आफ्नो कर्तव्य समेत भएको उनले बताएकी छन् । विगतको समाज अलि फरक तरिकाको थियो,हरेक किसिमका कुचेष्टा बोक्ने,महिलाहरुले दाहसंस्कारमा जादैन् भन्ने गलत सोँच भएको समाजलाई समेत परिवर्तन गर्नेका लागि भएपनि आफु अन्तिम दाहसंस्कारमा सामेल भएको बताएकी छन् ।
आफुहरु जनताको सेवक भएकाले सुख र दुःखको सारथी बन्नु नै आफ्नो लागि सौभाग्य भएको बताएकी छन् । स्वयम गाउँपालिका उपाध्यक्ष नै आफुहरुको पिँडामा मलम लगाउन घरमा पुगेको बताउँदै पिडित सुके चदाँराले सबै दुःख भुले जस्तो अनुभूति भएको बताएका छन् । दाहसंस्कारमा गाउँपालिका उपाध्यक्ष सिता थापा,वडा अध्यक्ष प्रकाश रोकाया,वडा सदस्य प्रेम विक,पारु विक लगायतको सहभागिता रहेको थियो । हरेक समस्यामा उपाध्यक्ष थापाले साथ दिएको भन्दै स्थानीयले धन्यवाद समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार