• होमपेज
  • समाज
  • कैलालीबाट ८ हजार घुस सहित दुईजना कर्मचारी पक्राउ

कैलालीबाट ८ हजार घुस सहित दुईजना कर्मचारी पक्राउ

  • सोमवार, साउन २०, २०७६
कैलालीबाट ८ हजार घुस सहित दुईजना कर्मचारी पक्राउ

कैलालीबाट आठ हजार घुस सहित दुईजना कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को व्यवस्थित नगरबाट दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मालपोत कार्यालय टीकापुरमा नायब सुब्बा पदमा कार्यरत सिँह बहादुर कँुवर र खरिदार नरराज पाण्डे रहेको अख्तियारले जनाएको छ। सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार