सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • भीरबाट लडेर एकको मृत्यु 

भीरबाट लडेर एकको मृत्यु 

भीरबाट लडेर एकको मृत्यु 

  • बिहिबार, साउन १६, २०७६
भीरबाट लडेर एकको मृत्यु 
फाइल फाेटाे

संगिता तिमिल्सेना
बाजुरा १६   साउन
बाजुुराको बुढीगंगा नगरपालिका–९ जुवापानीमा बुधबार लेकमा घा“स काट्न गएका बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–९ जुवापानीकी ३३ वर्षीया बासुदेवी सिंह रहेको आफन्तले देवर जनक सिंहले बताएका छन् ।
बुधबार विहान लेकमा भैसीलाई घा“स काट्न गएका बेला घर नफर्किएपछि खोजी गर्दा सोही दिन तिमडी मेलामा लडेर मृत अवस्थामा भेटिएको सिंहले जानकारी दिए ।
घास काट्दै गरेको अवस्थामा खुट्टा चिप्लिएर लडेपछि मृत्यु भएको मृतकका श्रीमान् तेजबहादुर सिंहले बताए । उनका दुई छोरा र दुई छोरी साहरा विहिन बनेका छन् ।
जिल्लामा वर्षेनी भीरबाट लडेर मृत्यु हुने गरेका छन् । ग्रामिण भेगका महिलाहरु गाईगोरु र लेकमा भैसीलाई चराउन र घाँस काट्न गएका बेला लडेर मृत्यु हुने गरेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार