सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट गएकाे आर्थिक बर्षमा ६४ महिला तथा बालबालिको हराए

बाजुराबाट गएकाे आर्थिक बर्षमा ६४ महिला तथा बालबालिको हराए

  • सोमवार, साउन १३, २०७६
बाजुराबाट गएकाे आर्थिक बर्षमा ६४ महिला तथा बालबालिको हराए
फोटो क्याप्सन  । जिल्ला प्रशासन कार्यलयमा जिल्लाका सार्वजनिक निकायका सूचाना अधिकारीहरुको बैठक । फोटो । पदमबहादुर सिंह

पदमबहादुर सिंह
बाजुरा १३ साउन ।  आर्थिक बर्ष ०७५÷०७६ मा बाजुराबाट ६४ जना महिला तथा बालबालिका हराएको तथयाङक सर्बजनिक गरेको छ ।
गएको आर्थिक बर्षमा २६ जना बालक, २० जना बालिका र १९ जना महिला हराएको निबेदन जिल्ला प्रहरी कार्यलय बाजुरामा दर्ता भएको प्रहरी निरिक्षक र इनिस्पेक्ट जनक ढुंगानाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यलयमा आएका निबेदनहरुमा प्रहरीले खोजी गर्दा १९ बालक, १३ बालिक र ५ जना महिला फेला परेको ढुंगानाले बताए ।
बाजुरा प्रहरीले गएको आर्थिक बर्षमा सात जना बेबारीस्या बालबालिका फेला पारेर आफन्त कहा बुझाएको बताएको छ , सात जाना मध्य ४ जना बाल र ३ जना बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यलयमा आयोजीत सार्बजनीक निकायाका सूचना अधिकारीहरुको बैठकमा जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी जनक ढुंगानाले तथ्याङक सार्वजनीक गरेका हुन ।
बाजुरा प्रहरीले जिल्लाका विभिन्न ठाउबाट गएको आर्थिक बर्षमा १६ हजार ९ सय एक लिटर अबैध मदिर बरामत गरी सरोकारावालाहरुको उपस्थितिमा नष्ट गरेको बताईएको छ । १ सय २० रोपनीमा लगाएको गाजाका बोट फडानी गरेको छ ।
एक वर्षमा जिल्ला प्रहरी कार्यलय महिला तथा बालकालिका सेवा केन्द्रमा ५० ओटा निबेदन आएकोमा ४८ ओटा निबेदनको मिलापत्र गरेर दुई बाजुरा जिल्ला अदालत पठाएको छ । २० ओटा लैंगीक हिसाका निबेदनमा सवै मिलापत्र गरेको छ । दश ओटा बालबिबाहका उजुरीहरुमा दशै जना जोडीलाई सम्झाएर अभिभावको जिम्मा लागएको जिल्ला प्रहरी कार्यलयक प्रमुख प्रहरी उपरिक्षक डिएपी उद्धव सिंह भाटले बताए ।
बाजुरामा रहेको छाउपडी न्यूनीकरणमा जिल्ला प्रहरी कार्यलयले नौ ओटा स्थानीय तहहरुमा ३ सय ८९ ओटा छाउपडी गोठ पहिचान गरेर उनीहरुलाई सम्झाई बुझाई १ सय ६८ ओटा छाउपडी गोठ स्वयम स्थानीयको पहलमा भत्काएको र बाकी भत्काउन स्थानीय ध्यान आर्कष गरेको बताईएको छ ।
पछिल्लो समय बाजुरा प्रहरीको सक्रियताले गर्दा बाजुली जनाता उत्साहित भएका छन् । यस अघिका वर्षहरु भन्दा यो वर्ष बाजुरामा हिंसाका घटनाहरुमा कमी आएको छ ।

चर्चामा

सम्बन्धित समाचार