शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • समचार प्रभाब

समचार प्रभाब

उपचार अलपत्र परेका बच्चाको अमेरिकाबाट आर्थिक सहयोग

  • शनिबार, साउन ११, २०७६
समचार प्रभाब

बाजुरा, ११साउन : बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने रघु सार्कीका १५ बर्षका गोबिन्द्र सार्की र १० बर्षका रामलाल सार्कीको उपचारको लागी अमेरिकामा आर्थिक सहयोग संकलन गरिएको छ । अमेरीकामा रहेका बाजुराका बुढिनन्दा नगरपालिकाका मन्लाल जोशीको अगुवाईमा आर्थिक संकलनन गरिएको छ । १५ बर्षका गोबिन्द्र सार्की र १० बर्षका रामलाल सार्कीको काठमाडौमा उपचार भईरहेको छ । आर्थिक अभाबमा रोग पाल्दै गरेको बडिमालिका खबर लगायत बिभिन्न संचारमाध्यायममा समचार प्रकाशित भएपछि उद्धार गरेर काठमाडौमा उपचार शुरु भईरहेको छ ।
बाजुराका मनलाल जोशीको अगुवाईमा अमेरिकामा बस्दै आएका नेपालीहरुबाट सहयोग संकलन गरेको मनलाल जोशीले बताएका छन् । अमेरिकामा रहेका प्रबासी नेपालीहरु सम्झना रावत,पदम बहादुर शाही, नितेश कुवर, जनक थापा, यज्ञ बहादुर राना, लोकेश बिश्वकर्मा, भुपेश शाही, शोणिम शाही,तिलक न्यौपाने, दोमन्ती पन्त जोशी, टिका पण्डित, बिकाश सिहं ठकुरी, धलेन्द्र लिम्बु र मनलालाल जोशी लगायतका सहयोगी मनहरुबाट ६५ हजार सहयोग संकलन गरी बिरामीलाई पठाएको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन् ।
समचार प्रकाशित भएपछि बिभिन्न ठाउँबाट सहयोग संकलन हुनुका साथै नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले दुबै भाइलाई काठमाडौ लगेर उपचार शुरु गरेको संस्थाका अध्यक्ष सम्राटसिं बस्नेतले वताएका छन् । संस्थाले काठमाडौमा खान बस्न उपचारका लागि पहल गर्ने गरि काठमाडौ ल्याएको बस्नेतले वताएका छन् । गोबिन्द्र सार्कीको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको सर्जन, अर्थोपेटिक, छाला सम्बन्धि बिशेषज्ञ चिकित्सले उपचार शुरु गरेको छ । गोबिन्द्रको लामो समय देखिको रोग भएकाले चिकित्सले जाँच शुरु गरेको केही दिनमा रिपोट आएपछि रोग के हो भनेर पत्ता लाग्ने बस्नेतले वताएका छन् ।
त्यस्तै गोबिन्द्रका १० बर्षका भाइ रामलाल सार्कीको भ्हतचयउजथ चभउबष्च कगचनभचथ गर्नु पर्ने रहेको संस्थाले वताएको छ । कम्तिमा ५ पटक सर्जरी गर्नु पर्ने भएकाले रामलालको उपचारका लागि १० भन्दा बढि आबश्यक रहने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । चिकित्सका अनुसार चाडै उपचार नगरे क्यान्सर हुने सम्भाबना रहेको वताएका छन् । अन्य चिकित्सक सँग परामर्श भइरहेको केही दिनमा के गर्ने भन्ने निष्कर्षमा आउने उनले वताए । १० लाख आबश्यक परेमा कतै बाट पैशा संकल गर्नु पर्ने उनले वताए । बुढिन्नदा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले भनिन् भाइहरुको उपचारका लागि बिभिन्न निकाय सँग पहल भइरहेको वताईन् ।
आर्थिक अभाब रोग पाल्दै समचार प्रकाशित पछि भाइहरुको उपचारका लागि देश बिदेश बाट रकम समेत संकलन भएको छ । जिल्ला वाल कल्याण समिति बाजुराले ५० हजार, बुढिन्नदा नगरपालिकाले ३० हजार, क्षेत्रपाटि निशुल्क चिकित्सायले २० हजार, पिसबिन बाजुराले १० हजार सहयोग गरेको छ । डाबा शेर्पाले २० हजार, सुरेन्द्र थापाले ५ हजार, तेज बोहोराले ३ हजार, बिस्नु खडकाले ५ हजार, बसुधा गुरुङले ५ हजार, सुरत शाहले ५ हजार हिरा रोकायाले ६ हजार ५ सय ६५, जितजङ्ग सिंहले ५ हजार, कृष्ण अधिकारीले ५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै महेश जोशीले ४ हजार, प्रकाश शाहले ५ हजार, रामकृष्ण पाण्डेले ५ हजार, अनिल शाहिले २ हजार सहयोग गरेका छन् । संकलित रकम पिडितका बुवा रघु सार्कीको नाममा बाणिज्य बैकमा रहेको खाता जम्मा गरिएको छ । उपचारका लागि अमेरीका पनि आर्थिक संकलन अभियान निरन्तर भएको मनलाल जैशीले अमेरीकाबाट बताएका छन् ।
गोबिन्द्रको दुबै खुट्टा संक्रमणले पिप जमेको छ भने रामलालको जन्मजात देखिनै रोगको शिकार बन्दै आएका छन् । उनका बुवा रघु सार्कीले अरुको हलो जोतेर परिवार पालिरहेका छन् । रघुले भने साहु महार्जनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छ, तर बच्चाहरुको उपचार गर्न सकेको छैन्, पत्रिकामा समचार आएपछि अहिले दुबै छोराको काठमाडौमा उपचार भइरहेको रघु सार्कीले वताए ।
कक्षा ६ मा अध्यनरत गोबिन्द्र र कक्षा १ मा अध्यनरत रामलाल बिद्यालय जान समेत मन मान्दैनन् । शरिरमा गन्ध आउछ भनेर हेला गर्छन्, कोही त शरिरमै थुकि दिने गर्छन्, उनि बताउछँन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए ।
‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्छन् । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्छ । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन छैन’ उनले आफ्नो बेदना सुनाए ।

चर्चामा

सम्बन्धित समाचार