बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीप र वसन्त चम्कँदा नेपाललाई मध्यम लक्ष्य

सन्दीप र वसन्त चम्कँदा नेपाललाई मध्यम लक्ष्य

  • शनिबार, साउन ११, २०७६
सन्दीप र वसन्त चम्कँदा नेपाललाई मध्यम लक्ष्य

स्पिनरद्वय सन्दीप लामिछाने र वसन्त रेग्मीले उत्कृष्ट प्रर्दशन गरेपछि कुवेतले आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाललाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मोहम्मद काशिफले विश्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
दोस्रो ओभरको पहिलो बलमै करण केसीले कट निकाल्दै विकेटकीपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । यसै ओभरको अन्तिम बलमा वसन्तले अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराउँतै कुवेतलाई दबाबमा राखेका थिए । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे ।
सन्दीप लामिछानेको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विलाल ताहिर पारस खड्काबाट १३ रनमा क्याच आउट हुन पुगे । लगत्तै दुईबलपछि सन्दीपले उस्मान वहीदलाई शून्यमा एलवी डब्लू आउट गरे । १४ ओभरको पाँचौ बलमा अभिनाष बोहोराले वसन्तबाट मोहम्मद अस्लामलाई २३ रनमा क्याच आउट गराए । उनले २५ बलमा २ चौका प्रहार गरे । १५ औं ओभरको पाँचौ बलमा सन्दीपले सिराज खानलाई शुन्यमा बोल्ड आउट गरे । वसन्तले मोहम्मद अहसानलाई ४ रनमा क्याच आउट गराए ।
कुवेतलाई सस्तैमा रोक्न नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । वसन्तले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै करण केसी २ र अभिनाष बोहोराको नाममा १ विकेट रह्यो ।

चर्चामा

सम्बन्धित समाचार