• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अत्तरियाबाट दुई लाखभन्दा बढी रकमसहित ९ जना जुवाडे पक्राउ

अत्तरियाबाट दुई लाखभन्दा बढी रकमसहित ९ जना जुवाडे पक्राउ

  • शुक्रबार, साउन १०, २०७६
अत्तरियाबाट दुई लाखभन्दा बढी रकमसहित ९ जना जुवाडे पक्राउ

धनगढी : जुवाको खालबाट कैलाली प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। कैलालीका गोदावरी नगरपालीकाको अत्तरिया मा रहेको खप्तड होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ का डबल खडका, गोदावरी २ का लोकेन्द्रसिंह साउँद, गोदावरी-१ का नवराज भट्ट,  बेनुप्रसाद खरेल रहेका छन्।

त्यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका-४ का सन्तोष चन्द, भिमदत्त नगरपालिका-३ का रामबहादुर सिंह, धिरेन्द्रबहादुर चन्द, सन्जु राना र कञ्चनपुर महाकाली नगरपालिका-५ बस्ने राम दत जोशी छन्।

जुवातास खेलाइरहेको सूचनाको आधारमा प्रहरीले उक्त होटलमा खान तलासी गर्दा ३ गड्डी तास र २ लाख ३१ हजार ८ सय ३० रुपैयाँ नगदसहित ९ लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार