• होमपेज
  • समाज
  • ७४ हजार घुससहित खरिदार पक्राउ

७४ हजार घुससहित खरिदार पक्राउ

  • बिहिबार, साउन ९, २०७६
७४ हजार घुससहित खरिदार पक्राउ
फाईत तस्वीर

काठमाडौं : घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखामा खरिदार पुष्कर अधिकारी घुस रकमसहित पक्राउ परेका छन्। उनले होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिएका थिए।अख्तियारको टोलीले उनलाई ४ हजार घुससहित पक्राउ गरेको थियो।

अरु सेवाग्राहीसँग पनि घुस लिएको सूचना पाएपछि अख्तियारको टोलीले उनको कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार