• होमपेज
  • समाज
  • पहरोमा बोराभित्र लुकाइराखेको १६ किलो सुन गोरखाबाट बरामद

पहरोमा बोराभित्र लुकाइराखेको १६ किलो सुन गोरखाबाट बरामद

  • बिहिबार, साउन ९, २०७६
पहरोमा बोराभित्र लुकाइराखेको १६ किलो सुन गोरखाबाट बरामद
साकेतीक तस्वीर

गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो।

‘चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरिएको हो,’ प्रहरी चौकी माछीखोलाका प्रमुख प्रहरी सहायक निरीक्षक तुलसीराम चौधरीले सेतोपाटीसँग भने, ‘पहरोमा सुन लुकाउने एक जनालाई काठमाडौंबाट पक्राउ गरेका छौं।’

चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए।

गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन। तिब्बतबाट भारतीय बजार लैजानका लागि सुन पहरोमा राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। बरामद गरिएको सुन र गुरुङलाई माछीखोला प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ।

चर्चामा

सम्बन्धित समाचार