शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नेबिसंघद्धारा रौतहडका बाढी पिडीतलाई राहत बितरण

नेबिसंघद्धारा रौतहडका बाढी पिडीतलाई राहत बितरण

  • मङ्लबार, साउन ७, २०७६
नेबिसंघद्धारा रौतहडका बाढी पिडीतलाई राहत बितरण

बडिमालिका समाचार
रौतहड ७ साउन ।  रौतहट जिल्लाको गढीमाई नगरपालिका ३ का २ सय बाढीपिडित परिवारलाई नेबिसंघले साेमबार राहात वितरण गरेको छ ।
३७ औ बीपी स्मृति दिवसको अवसरमा निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघले दाल, चामल २ सय बोरा, त्रिपाल २ सय थान, टर्चलाईट लत्ता कपडा ५ सय थान, र बालबालिकाहरुलाई ८० हजार बराबरको स्टेसनरी कापी कलम वितरण गरेको नेविसंघ त्रिभुवन बिश्वविधालय समिती सचिव योगेन्द्र रावल जानकारी दिए ।


नेबिसघले वितरण गरेको राहत १५ लाख बराबरको रहेको सचिव रावले बताए । राहत वितरण कार्यक्रममा रौतहट काँग्रेस सभापति कृष्ण यादव, सांसद देव प्रसाद तिमल्सिना, धनलाल ढोकर, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना, नवराज त्रिपाठी स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


लगातारको बर्षाका कारण तराईका जिल्लाहरु बारा, पर्सा, रौतहड, लगाएतका जिल्लाहरु बाढीको ढुवानमा पर्ने र सरकारलले समयमै बाढी प्रभावित क्षेत्रका जनतालाई सरकारले हात दिन ढिलाई गरेका कारण नेविघले राहत वितरणमा अगुवाई गरेको रावलको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार