शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • काँग्रेसले वीपीको समाजवाद बुझ्न सकेन

काँग्रेसले वीपीको समाजवाद बुझ्न सकेन

  • सोमवार, साउन ६, २०७६
काँग्रेसले वीपीको समाजवाद बुझ्न सकेन

प्रेम रौले
बाजुरा ६ साउन । नेपाली काँग्रेसमा महामानव वीपी कोइरालाले ल्याएको समाजवादलाई नेपाली काँग्रसले आत्मसाथ गर्दै पार्टीको गतिविधी अघि सार्न यहाँका कार्यकर्ताले सुझाव दिएका छन् ।
सोमबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समिति बाजुराले आयोजना गरेको वीपी कोइरालाको ३७ औं स्मृती दिवसकोे अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण तथा झुल सहयोग कार्यक्रममा कार्यकर्ताले वीपीको समाजवादलाई काँग्रेस नेतृत्वले खासै चासो नदेखाएको आरोप लगाएका छन् ।
देशको प्रथम जननिर्वाचित प्रधामन्त्री वीपी कोइरालाले ल्याएको समाजबादलाई हाल नेपाली काँग्रेसले यसको महत्व बुझ्न नसकेको काँग्रेस कार्यकर्ताको भनाई रहेको छ ।
बीपी कोइरालाले समाजवादलाई सबै प्रकारको शोषण, दमन, अन्याय, थिचोमिचो, भेदभाव एवं अरू सबै असमानतालाई अन्त्य गर्ने राजनीतिक र आर्थिक सिद्धान्त नअपनाइए काँग्रेस अझै माथि नउठ्ने नेपाली काँग्रेस महासमिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य जुना दानीले बताउनु भएको छ ।
वीपी कोइरालाले देखाएको मार्ग दर्शक तथा देश र जनताका लागि दिएको योगदानको कम प्रचार हुने गरेको दानीले बताउनु भयो ।
उहाँले विपीको समाजबादको बारेमा तल्लो तहका जनता तथा कार्यकर्तालाई पार्टीले बुझाउन नसक्दा समाजबाट महत्व बुझ्न नसकेको दानीको भनाई रहेको छ ।
देश परिवर्तन र प्रजातन्त्र ल्याउन र जहानिया राण शासनको अन्त्य गर्नका लागि वीपीले खेलेको भुमिका राष्ट्रले सम्झिनुपर्नेमा बडीमालिका नगरपालिका नगर उप प्रमुख कविता विष्टले बताउनु भएको छ ।
उहाँले वीपीको समाजबादले लिएको निती अबको स्थानीय तहका रहेका क्रियाशिल काँग्रेस कार्यकर्तामा बुझाउदै समाजको बारेमा चर्चा परिचर्चा गर्न लगाउनु पर्नैमा विष्टले जोड दिनु भएको छ ।
वीपीको समाजबाद मात्र भन्दा पनि उनी एक साहित्यमा पनि योगदान भएकाले यस बारेमा पनि चर्चा गर्न आवश्यक रहेको नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंहले बताउनु भएको छ ।
उहाँले वीपीको समाजबाद र साहित्यको योगदान भन्दा पनि पाटीमा सुकिला मुकिलाको रवाफ चल्न थालेकोले नेतालाई सजक गराउन एकजुट भएर कार्यकताले लाग्नुपर्नेमा अध्यक्ष सिंहले जोड दिनु भएको छ ।
पार्टीले
दश वटा झुल सहयोग
जिल्ला अस्पताल बाजुरालाई वीपी कोइरालाको ३७ औं जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले दश वटा झुल सहयोग गरेको छ ।
गर्मीयामका बेला अस्पतालमा रहेका भर्ना भएका विरामीलाई लामखुट्टेको टोकाइले विरामीलाई समस्या हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल हस्तान्तरण गरिएको नगर सभापति धनलाल पाध्यायले जानकारी दिनु भएको छ ।
झुल प्रयोग गरेमा लामखुट्टेबाट विरामीलाई टोक्नबाट बचाउनका लागि नेपाली काँग्रेस नगर कार्य समितिले जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मालाई हस्तान्त्रण गरिएको सभापति पाध्यायले बताउनु भयो ।
यस्तै वीपी कोइरालाको स्मृति दिवसमा अस्पतालमा रहेका १२ जना विरामीलाई फलफुल वितरण गरिएको छ । विभिन्न रोगले ग्रसित भएर अस्पताल भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको सभापति पाध्यायको भनाई रहेको छ ।
अस्पतालमा रहेका विरामीका लागि झुल सहयोग गरेको प्रति जिल्ला अस्पता बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले खुसी व्यक्त गर्नु भएको छ । अस्पताललाई सबैले सहयोग गर्न प्रमुख विश्वकर्माले आग्रह गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार