• होमपेज
  • बडिमालिका
  • विपी स्मृतीको अवसरमा बिरामीलाई झुल र फलफुल वितरण

विपी स्मृतीको अवसरमा बिरामीलाई झुल र फलफुल वितरण

  • सोमवार, साउन ६, २०७६
विपी स्मृतीको अवसरमा बिरामीलाई झुल र फलफुल वितरण

संगीता तिमिल्सेना
बाजुरा ६ साउन । ३७ औैँ विपी स्मृतीको अवसरमा नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमिति बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल र झुल वितरण गरेको छ ।

नेपाली काँग्रेसका संस्थापक सभापती तथा देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव स्व.विश्वेश्पर प्रसाद कोइरालाको ३७ औँ स्मृती दिवसको अवसरमा उहाँले गरेका आविश्मरणीय कामलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस बाजुरा अगाडी बढ्ने प्रतिवद्धताका साथ जिल्ला अस्पाताल बाजुरामा रहेका १२ जना बिरामीलाई १० झुल र फलफुल बितरण गरेको नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमितिका सभापती धनालल पाध्यायले बताउनुभएको छ ।

नेपाली काँग्रेस वडिमालिका नगरकार्यसमितिका सभापती धनालल पाध्यायको अध्यक्षतामा संचालन भएको झुल तथा फलफुल वितरण कार्यक्रममा नेपाली काँगे्रसका महाधिवेशन प्रतिनिधि राधिका सिंह, नेपाल महिला संिघका केन्द्रिय सदस्य जुना दानी, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य देव बहादुर रोकाया  रहेका थिए ।

त्यस्तै नेपाल महिला संघका अध्यक्ष अमृता सिंह, वडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट, नेपाल विद्यार्थी संिघका जिल्ल उपाअध्यक्ष जनक थापा, वडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावल, जिल्ला कार्यसमितिका सदस्य हरिचन्द्र पाध्याय, शिक्षक संघ प्रतिनिधि धन बहादुर रोकाया, उदोग वाण्ज्यि संघ प्रतिनिधि सुरेन्द्र नाथ योगी, बिरेन्द्र ऐडी धन बहादुर थापा लगायतको बिरामीलाई झुल तथा फुल वितरण गर्नुभएको थियो । नेपाली काँग्रेस बाजुराले यसअघि विपी जयन्ती अवसरमा वृक्षारोपण कार्यक्रम गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार