शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा विकास बजेट मध्ये ८५ प्रतिशत खर्च,१५ प्रतिशत विकास बजेट  फिर्ता

बाजुरामा विकास बजेट मध्ये ८५ प्रतिशत खर्च,१५ प्रतिशत विकास बजेट  फिर्ता

  • शनिबार, साउन ४, २०७६
बाजुरामा विकास बजेट मध्ये ८५ प्रतिशत खर्च,१५ प्रतिशत विकास बजेट  फिर्ता

रमित बि.क.
श्रावण ३,बाजुरा
जिल्लामा संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त विकास बजेट मध्ये ८५ प्रतिशत खर्च भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमा संघ र प्रदेश सरकारबाट प्राप्त अतिरिक्त कुल विकास बजेट मध्ये ८५ प्रतिशत खर्च भएको बताएको छ ।
प्राप्त कुल बजेटको १५ प्रतिशत बजेट खर्च हुन गर्न नसकि फिर्ता भएको कोलेनिका बाजुराका सूचना अधिकारी धनबहादुर थापाले बताएका छन् । जिल्लामा यो वर्ष सुदूरपश्चिम प्रदेशको २७ करोड ५९ लाख ४७ हजार पूँजीगत बजेट आएको थियो ।
त्यो मध्ये २२ करोड १६ लाख ८७ हजार ९ सय ५८ रुपैया खर्च भएको छ । यो कुल बजेटको ८०.३३ प्रतिशत हो । यस्तै चालुतर्फ २४ करोड ६९ लाख ३६ हजार ६ सय ३६ बजेट मध्ये १८ करोड १० लाख ९४ हजार ६ सय ३६ रुपैया खर्च भएको छ । यो कुल बजेटको ७४ प्रतिशत हो ।
यसैगरी जिल्लामा संघीय सरकारबाट प्राप्त बार्षिक बजेट तर्फ ३ अर्व ६६ करोड ३९ लाख ६ हजार बजेट मध्ये २ अर्व ७९ करोड ३५ लाख ९ हजार ४ सय २४ भएको खर्च भएको छ यो बजेट ९१ प्रतिशत खर्च भएको छ ।
यस्तै पूँजीगत बजेट १० करोड ३८ लाख ६२ हजार बजेट मध्ये ८ करोड ८७ लाख २६ हजार ५ सय ९२ खर्च भएको छ यो विकास बजेटको ८५.४२ प्रतिशत खर्च भएको । संघीय सरकारको राजस्वतर्फको बजेट ९ करोड १३ लाख ९६ हजार ५ सय रहेको छ भने प्रदेशतर्फको राजस्व बजेट ३९ लाख २० हजार ९सय ३२ रहेको छ ।
यस बर्षको बजेट समग्र रुपमा हेर्नु पर्दा गत बर्षको विकास बजेट सन्तोषजक मान्न सकिने कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाई रहेको छ । बाजुराको सन्दर्भमा विकास बजेट राम्रो मानिएको छ । गत बर्षमा विकास बजेट निराशाजनक देखिने गरेको भएपनि यस बर्ष राम्रो देखिएको छ ।
जिल्लाका ९ वटै स्थानीय तह मध्ये गौमुल गाउँपालिका घट्मुनाले समयमै विकास बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्गमा देखिएको छ । समयमै विकास बजेट खर्च गर्ने र समयमै प्रतिवेदन पेश गर्ने गाउँपालिकाको यो बर्ष १ करोड बजेट फिर्ता भएको छ ।
जसमा सशर्त अनुदान ९९ लाख जसमा शिक्षा तर्फको बजेट बढी फिर्ता भएको छ । त्यस्तै झोलुङ्गे पुल निमार्णतर्फ १८ लाख ३८ हजार २ सय,सामाजिक सुरक्षातर्फ ८३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार संयोजक तलव मात्र यस बर्ष फिर्ता भएको गाउँपालिकाको लेखापाल दिलिप शाहीले बताएका छन् ।
जिल्लाका अन्य स्थानीय तहहरुले भने हालसम्म विकास खर्च बजेटको खर्च नगरेको विवरण दिन बाँकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका अुनसार कर्मचारी अभाव र कार्यालय व्यवस्थापनमा समस्याका कारणले गत बर्ष जस्तो बजेट फिर्ता नहुने सक्ने बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार